‘फिट’ रहन अल्छी हटाऔँ | Khabarhub Khabarhub

‘फिट’ रहन अल्छी हटाऔँ


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल अबेर रातिसम्म जागा रहने बानीका कारण धेरै मानिस बिहान सबैरै उठ्न सक्दैनन् । अझ जाडोको मौसममा बिहान सबेरै उठ्न निकै गाह्रो मानिन्छ ।

बिहान सबेरै नउठ्दा बेलुका चाडैँ निन्द्रा लाग्दैन । जसका कारण पुनः ढिला सुतिन्छ र निन्द्रा पूरा नभए दिनभर थकान महसुस हुन्छ । तसर्थ बिहान सबेरै उठेरै मात्र केही मिनेट ब्यायाम गर्न छुट्याए दिनभर एक्टिभ रहन मद्दत गर्दछ । आज हामी बिहान उठेरै गर्ने केही ब्यायाम र कामबारे चर्चा गर्नेछौ ।

१. बिहान सबेरै उठ्न घडीको अर्लामको प्रयोग गर्नुहोस् र अल्छी नगरी उठ्नुहोस् ।

२. उठ्ने बित्तिकै एक गिलास मनतातो पानी पिएर हल्का शरीर तात्ने ब्यायाम गर्नुहोस् ।

३. यसका लागी घरको कुनै कोठा, छत वा नजिकको पार्क उपयोगी हुनसक्छ ।

४. ब्यायाममा सबैभन्दा पहिले स्ट्रेचिंग गर्नुहोस् । स्ट्रेचिंग ब्यायाम गर्न दुवै खुट्टाबीच केही अन्तर राखेर सिधा उभिइ हातलाई सकेसम्म माथि उठाउनुहोस् र १० सेकेण्डपछि फेरि पहिलेकै पोजिशनमा आउनुहोस् ।

त्यसपछि हातलाइ दायाँ बायाँ फैलाई विपरित दिशामा लगेर कम्मरको स्ट्रेच गर्नुहोस् । त्यसपछि फेरि हातलाई माथि उठाएर झुक्ने र खुट्टाको औँला छुने । यो क्रिया पाँच पटकसम्म दोहोर्याउनुहोस् ।

५. स्ट्रेचिंग गरिसकेपछि एक्सरसाइज गर्न शरीर तयार हुन्छ । त्यस पछि आफ्नो अनुकुलको ब्यायाम गर्न सक्नु हुन्छ । अझ स्ट्रेचिंगपछि पुसअप्स गरे राम्रो हुन्छ । पुसअप्स गर्दा शुरु दिन ५ देखि १० पटक र पछि सके अनुसार बढाउदै लानु राम्रो हुन्छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  २ : ३१ बजे

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, आरोपित वृद्ध पक्राउ 

भक्तपुर– भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक

बझाङ प्रदेश सभा १ मा एमालेका दमन भण्डारी विजयी

बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरूपमा सफल

इलाम २ मा एमालेका सुहाङलाई ४५ सय २३ मतको अग्रता

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई