एसोसिएसन अफ स्पाइन सर्जन्स अफ नेपालको अध्यक्षमा डा. पाण्डे निर्वाचित | Khabarhub Khabarhub

एसोसिएसन अफ स्पाइन सर्जन्स अफ नेपालको अध्यक्षमा डा. पाण्डे निर्वाचित


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका अर्थोपेडिक स्पाइन सर्जनहरुको छाता संगठन एसोसिएसन अफ स्पाइन सर्जन्स अफ नेपाल (एएसएसएन) को अध्यक्षमा काठमाडौं मेडिकल कलेजका स्पाइन सर्जन डा. बिमल कुमार पाण्डे निर्वाचित भएका छन् ।

हिमालयन स्पाइन सिम्पोजिम छैटौं बार्षिक वेभनार सम्मेलनले आगामी २ वर्षका लागि अध्यक्ष डा. पाण्डेसहित ९ जनाको नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

नयाँ कार्यसमितिको उपाध्यमा डा. बिनोद विजुक्छे (ग्रान्डी इन्टरनेनल हस्पिटल), महासचिवमा व्यापक पौडेल (ग्रान्डी इन्टरनेशनल हस्पिटल), कोषाध्यक्षमा डा. गौरव राज ढकाल (राष्ट्रिय ट्रमा सेन्टर), सहसचिवमा डा. राजेश कुमार चौधरी (बी एण्ड बी हस्पिटल) निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा डा. प्रेमबहादुर शाही (कन्काई हस्पिटल, बिर्तामोड), डा. राजेश प्रताप शाह (बीरेन्द्र सैनिक हस्पिटल), डा. योगेन्द्र अग्रहरी (तिनाउ हस्पिटल, बुटवल), डा. ज्ञानेन्द्र शाह (राष्ट्रिय ट्रमा सेन्टर) रहेका छन् ।

हाल मुलुकमासंख्या ५१ जना भन्दा बढी अर्थोपेडिक स्पाइन सर्जनहरु छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  १२ : २४ बजे

महिलाको लगानीमा सरफ उद्योग सञ्चालन

तनहुँ– तनहुँको भीमाद नगरपालिका–६ का ३६ जना महिलाले सामूहिकरुपमा सरफ

रेशमको मुद्दा न्यायाधीशद्वय अब्दुल अजीज र ढुङ्गानाको इजलासमा

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले दायर गरेको

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छ : मन्त्री भण्डारी

जानकी– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकीकृत जाँचचौकी (आईसीपी)

माधव नेपालले बोलाए संसदीय दलको बैठक

काठमाडौं– एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदीय दलको बैठक

प्यालेष्टाइनमा ७५ वर्षदेखिको ‘नक्बा’ र भोकमरी

अन्तर्राष्ट्रिय समाचारहरूमा हामीले आजकल निरन्तर पढ्ने, सुन्ने भनेको इजरायल–प्यालेस्टाइन युद्ध