छिट्टै बिर्सिने बानी छ ? खानुहोस् यी खानेकुरा | Khabarhub Khabarhub

छिट्टै बिर्सिने बानी छ ? खानुहोस् यी खानेकुरा


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कामको चाप तथा अनेकौँ कारणले तपाईँ हामी एकैछिनमा केही कुरा बिर्सिन्छौँ ।

एक पटक भनेको कुरा केही समयपछि नै के भनेको थियो भनेर सोच्न थाल्छौँ । तर, हामी त्यो के कुरा हो भनेर ठम्याउन सक्दैनौँ ।

यस्तै समस्या यदि तपाईलाई पनि छ भने आज हामीले त्यसलाई सम्झिनका लागि अपनाउनु पर्ने केही जानकारी प्रस्तुत गर्दैछौँ ।

वैज्ञानिकहरुका अनुसार धेरै भुल्ने समस्या खास पौष्टिक तत्वको कमीका कारण निम्तिएको हो । यस्तो अवस्थामा खानेकुरामा ध्यान दिएर यो समस्या हल गर्न पनि सकिन्छ । उसो भयो के खाने त ? यस्ता छन् सुझाव-

१. दालचिनी, मरिच चिया, कफी तथा बेसार

बेसार, चिया, कफी, दालचिनी तथा मरिचको नियमित सेवनले समेत मस्तिष्कको क्षमता वृद्धिमा सहयोगी हुने विभिन्न वैज्ञानिक परीक्षणले पुष्टि गरेका छन् ।

 

२. ओखर

जसले दिनहुँ ओखर सेवन गर्छन् उनीहरुमा स्मरण शक्तिको बढोत्तरी हुन्छ । ओखरमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फाइबर, एन्टी अक्सिडेन्ट जस्ता आवश्यक तत्व पाइन्छ ।

३.स्ट्रबरी

यसमा प्रशस्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ जसले मस्तिष्कका कोषको क्षयिकरण हुनबाट बचाउँछ ।

४. दही

दहीमा प्रोटिन, कार्बोहाइड्रेट, खनिज, चिल्लो, क्याल्सियम तथा फोस्फोरस जस्ता लवणहरु पाइन्छ । यसले सरीरमा लाभदायी जिवाणुलाई समेत फाइदा पुर्‍याउँछ भने हानिकारक जिवाणुलाई नष्ट गर्न सहयोग गर्छ । दहीमा एमिनो एसिड पाइन्छ जसले दिमागी तनाव कम गरी स्मरण शक्तिमा बढोत्तरी गर्न सघाउ पुर्‍याउँछ ।

५. गोलभेँडा

गोलभेँडामा प्रोटिन, भिटामिन, तथा विभिन्न खाले लवण जस्ता तत्व पाइन्छ । यसमा कार्बोहाइड्रेटको मात्रा कम हुन्छ । गोलभेँडामा हुने लाइकोपिन तत्वले सरीरमा स्वतन्त्र रेडिकल्सको सुरक्षा गर्दछ र मस्तिष्क कोषको क्षयिकरण रोक्दछ ।

६. तुलसी

मसलाको रुपमा तुलसीका पातको प्रयोग निकै लाभदायक हुन्छ । छिटो भुल्ने समस्या भएका मानिसले दिनदिनै तुलसीको पात खाँदा त्यसले फाइदा गर्छ ।

७.अलैँची

अलैँचीमा प्रशस्त मात्रामा प्रोटिन तथा फाइबर हुने भएकाले यसको सेवन समेत मस्तिष्कको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

८. जाइफल

जाइफलको सेवनले सरीरलाई चिसोबाट बचाउने मात्र होइन यसमा हुने विशेष तत्वले मस्तिष्कलाई स्वस्थ राख्न तथा स्मरण शक्ति बढाउन सहयोग गर्छ ।एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ५ : ५७ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै , विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

 काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव