प्रदेश २ मा आज सार्वजनिक बिदा | Khabarhub Khabarhub

प्रदेश २ मा आज सार्वजनिक बिदा


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा दिइएको हो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शुभकामना वक्तव्य जारी गर्दै पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बी तथा प्रदेशवासीहरुमा शुभकामना व्यक्त गरेका छन् ।

‘प्रदेश तथा देशलाई शान्ति र अहिंसाको बाटोमा लैजान पैगम्बर हजरत मोहम्मदको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्दछु’, मुख्यमन्त्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ८ : १६ बजे

सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी

सुर्खेत– सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी भएको छ। वीरेन्द्रनगर(७, स्थित मालपोत

अन्नपूर्ण आधार शिविरमा म्याग्दीका जनप्रतिनिधि र सुरक्षा अधिकारीको समन्वय बैठक

म्याग्दी– समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा अवस्थित

मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री

सर्लाही– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको सम्मान र

भारत विदेशीलाई घृणा गर्ने मुलुक होइन : विदेशमन्त्री जयशंकर

नयाँदिल्ली– भारतका विदेशमन्त्री एस. जयशंरले भारत विदेशीलाई घृणा गर्ने मुलुक

महानगरको सिप मेला-१९ गतेसम्म फाराम भर्नेहरुको तालिम तालिका वैशाख २८ गतेभित्र उपलब्ध गराइने

काठमाडौं–  ‘सिप मेला २०८१’ अन्तर्गत टुँडिखेलमा अहिले १० क्षेत्रका २९