कतारबाट १४८ नेपाली स्वदेश फर्किए, भोलिदेखि नियमित उडान | Khabarhub Khabarhub

कतारबाट १४८ नेपाली स्वदेश फर्किए, भोलिदेखि नियमित उडान



दोहा – कतारबाट १४८ नेपाली स्वदेश फर्किएका छन् ।कतारबाट ३२१ नेपाली स्वदेश फर्किएका छन् ।

कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकमध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमार्फत ५० औं उडानबाट उनीहरु स्वदेश फर्किएका हुन् ।

दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्सको २३९२ उडानमार्फत ४ महिलासहित १४८ जना स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रवीण भट्टराईले खबरहबलाई बताए ।

स्वदेश फर्कन लागेका नेपालीहरूको यात्राको समन्वय, सहजीकरण तथा बिदाईका लागि दूतावासका कर्मचारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

साथै विमानस्थलमा कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाज आफै उपस्थित भई त्यहाँ कार्यरत ग्राउण्ड ह्याण्डलिङ स्टाफ तथा उक्त एअरलाइन्सका आधिकारिक ट्राभल एजेन्सीका प्रतिनिधिहरूलाई यो अवधिमा उनीहरुले पुर्‍याएको सेवा र सहयोगका लागि नेपाली दूतावासको तर्फबाट धन्यवाद दिएका थिए ।

अहिलेसम्म हिमालय एअरलाइन्सको २ ओटा कर्पोरेट उडानसहित नेपाल र हिमालय एअरलाइन्सले दोहाबाट काठमाडौं ५२ वटा उडान गरेको दूतावासले जनाएको छ ।

भोलि अर्थात् अक्टोबर १ तारिखबाट नेपाल एअरलाइन्स, हिमालय एअरलाईन्स र कतार एअरवेजको नियमित दैनिक एक / एक वटा व्यावसायिक उडान हुने भएकाले अब सीधै ट्राभल एजेन्सीमार्फत टिकट खरिद गरी यात्रा गर्न सकिने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १० : ०७ बजे

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७