कुवेतका अमिरको निधनमा अमेरिकी र चिनियाँ राष्ट्रपतिद्धारा दुःख व्यक्त | Khabarhub Khabarhub

कुवेतका अमिरको निधनमा अमेरिकी र चिनियाँ राष्ट्रपतिद्धारा दुःख व्यक्त


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – कुवेतका अमिर शेख सबाह अल अहमद अल सबाहको निधनप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमिर अल सबाहको निधनबाट आफूलाई निकै दुःख लागेको भन्दै उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

उनले कुवेतका अमिरको निधनले आफूलाई र मेलानियालाई निकै दुःख लागेको छ भन्दै कुवेतका नागरिकहरुलाई समवेदन सन्देश पठाएका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा सो कुरा बताइएको छ । कुवेतका अमिरको ९१ वर्षको उमेरमा मंगलबार अमेरिकामा निधन भएको थियो ।

उनले अमेरिकाको एक अस्पतालमा उपचार गराइरहेका थिए । उपचाररत सोही अस्पतालमा उनको निधन भएको बताइएको छ । त्यसैगरी चिनियाँ राष्ट्रपति सि चिनफिङले पनि कुवेतका अमिर अल सबाहको निधनमा दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपति सिले उनको निधनबाट आफूलाई दुःख लागेको बताएको चीनको राजधानी बेइजिङबाट चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् । कुवेतका सरकारी सञ्चारमाध्यमले यहाँका अमिर अल सबाहको निधन भएको समाचार बुधबार मात्र सार्वजनिक गरेका बताइएको छ । उनी ९१ वर्षका थिए ।

उनको निधनपछि उनका ८३ वर्षीय सौतेनी भाइ युवराज शेख नवाफ अल अहमदलाई उनको उत्तराधिकारीका रूपमा घोषणा गरेको छ ।

गएको जुलाई महिनामा अमिर शेख सबाह उपचारका लागि अमेरिका गएका थियो । त्यसपछि पनि लामो समयसम्म उनको अवस्थाबारे त्यसबेला कुवेतमा स्पष्ट जानकारी दिइएको थिएन ।

अमिर अल सबाह कुवेतमा सन् २००६ देखि सत्तामा रहेका थिए । उनले करिब ५० वर्षदेखि कुवेतको परराष्ट्र मामिलासम्बन्धी क्षेत्रमा रहेर काम गरेको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १० : ३३ बजे

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

लुम्बिनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५०