कर्णालीमा थपिए ५७ सङ्क्रमित, ३४ घर फिर्ता | Khabarhub Khabarhub

कर्णालीमा थपिए ५७ सङ्क्रमित, ३४ घर फिर्ता


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली – कर्णाली प्रदेशमा आज थप ५७ व्यक्तिमा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ५५ र दैलेख अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुई गरी ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि भएकाहरुमा सुर्खेतका २४, सल्यानका २२, कालीकोटका पाँच, दैलेख र जुम्लाका दुईदुई, मुगुका एक र प्रदेश बाहिरका एक जना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंँडेलले जानकारी दिए ।

सबै क्षेत्रमा कार्यरत व्यक्ति सङ्क्रमित रहेको जनाउँदै अधिकृत कँडेलले आज थपिएका ५७ व्यक्ति गरेर हाल कर्णालीमा कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या तीन हजार ५५१ पुगेको बताए । हाल ५२९ जना आइसोलेशनमा छन् ।

त्यस्तै आज ३४ व्यक्ति डिस्चार्ज भएसँगै कर्णालीमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार ९३९ पुगेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १० : २० बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।