इटालियन सिरि 'ए' मा एसी मिलानको सहज जीत | Khabarhub Khabarhub

इटालियन सिरि ‘ए’ मा एसी मिलानको सहज जीत


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा सहज जीत निकालेको छ ।

बुधबार राति साम्पडोरियाको घरेलु मैदानमा मिलानले ४–१ को सहज जीत निकालेको हो ।

मिलानको जितमा ज्लाटन इभ्राहिमोभिचले दुई गोल गर्दा हकान कलहानोग्लु र राफयल लियोले गोल गरे ।

घरेलु टोलीका क्रिस्टोफोर एस्किल्दसेनले एक गोल फर्काए । साम्पडोरियाको मैदानमा मिलानले खेलको चौथो मिनेटमा ज्लाटन इभ्राहिमोभिचको गोलबाट अग्रता बनाएको थियो ।

५२औं मिनेटमा हकानले मिलानका लागि दोस्रो गोल गरे । ५८औं मिनेटमा इभ्राहिमोभिचले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।

८७औं मिनेटमा क्रिस्टोफोरले गोल गर्दै साम्पडोरियाका लागि सान्त्वना गोल फर्काए । तर, दोस्रो हाफको इन्ज्युरी समयमा राफयल लियोले गोल गर्दै मिलानलाई ४–१ को जीत सुनिश्चित गराए ।

जीतसँगै शीर्ष ६ मा परेको मिलानले आउँदो सिजनको युरोपा लिगको छनोट खेल्ने पक्का भएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ६ : ३४ बजे

अग्निीपीडितलाई नगरपालिकाको सहयोग

सिरहा– सिरहाको लहान नगरपालिका–१७ का आगलागीपीडित रामदेव राम र रामेश्वर

के मुख खोलेर सुत्नु खतरनाक हुन्छ ?

काठमाडाैं- हामी धेरैलाई आफ्नो मुख खोलेर सुत्नु ठूलो कुरा हाे जस्तो

कुवेत लगेर मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी त्यहाँ पुर्‍याएर मानव

मंगोलियाको जंगलमा आगलागी बढ्यो

काठमाडौं– मंगोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा

झलनाथ खनाललाई प्रश्न : एकीकृत समाजवादी पनि फुट्न लागेको हो ?

काठमाडौं– सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनालले