बंगलादेशका रक्षा सचिव चौधरीको कोरोना भाइरसको संक्रमणले मृत्यु | Khabarhub Khabarhub

बंगलादेशका रक्षा सचिव चौधरीको कोरोना भाइरसको संक्रमणले मृत्यु


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बंगलादेशका रक्षा सचिव अब्दुल्लाह अल मोहसीन चौधरीको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ ।

कोरोनाकै कारण स्थानीय समय अनुसार सोमबार विहान ९.३० बजे मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् ।

बंगलादेशको रक्षा मन्त्रालयका प्रशासनिक अधिकृत मोहम्मद भसानी मिर्जाले उनको उपचारकै क्रममा निधन भएको जानकारी दिए ।

उनलाई ढाकामा रहेको संयुक्त सैनिक अस्पतालमा उपचारका लागि भर्ना गरिएकोमा जुन ६ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।

स्वास्थ्यमा सुधार नआएपछि उनलाई यही जुन १८ मा अतिसघन कक्षमा राखेर उपचार गराइएकोमा सोही क्रममा मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ९ : ४७ बजे

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव