गेटाफेको च्याम्पियन्स लिग छनोटको सम्भावना कायमै | Khabarhub Khabarhub

गेटाफेको च्याम्पियन्स लिग छनोटको सम्भावना कायमै


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगामा गेटाफेले रियल सोसियाडलाई पराजित गरेको छ ।

गेटाफेको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली रियल सोसियाड २–१ गोल अन्तरले पराजित भएको हो ।

जीतसँगै शीर्ष पाँच स्थानमा रहेको गेटाफेले अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायमै राखेको छ ।

पछिल्लो ५ खेलमा लगातार हारेको गेटाफेले सोमबार राति सोसियाडविरुद्ध भने जीत निकालेको छ । यो जीतले उसको  च्याम्पियन्स लिगमा छनोटको सम्भावना कायम राखेको हो ।

खेलको पहिलो हाफमा गेटाफले १–० गोलको अग्रता बनाएको थियो । खेलको २० औं मिनेटमा जेइमे मेटाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

यस्तै, खेलको ५५ औं मिनेटमा रियल सोसियाडका एड्नान जानुजाजले पहिलो गोल फर्काउँदै खेल १–१ गोल बराबरीमा रोकेका थिए ।

बराबरीमा रहेको खेलको ८३ औं मिनेटमा मेटाले व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा गेटाफे २–१ गोलको अग्रता बनाएको थियो । मेटाको उक्त गोल निर्णायक बनेपछि सोसियाड पराजित हुन पुगेको हो ।

जीत हात पारेको गेटाफे ३२ खेलबाट ५२ अंकसहित लिगको पाँचौं स्थानमा छ भने पराजित रियल सोसियाड समान खेलमा ४७ अंकसहित ७ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ८ : ११ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र