फ्रान्सका पूर्वप्रधानमन्त्री फिलोनलाई भ्रष्टाचार मुद्दामा ५ वर्षको जेल सजाय | Khabarhub Khabarhub

फ्रान्सका पूर्वप्रधानमन्त्री फिलोनलाई भ्रष्टाचार मुद्दामा ५ वर्षको जेल सजाय


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्रान्सका पूर्वप्रधानमन्त्री फ्राँस्वाँ फिलोनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाइएको छ ।

फिलोनकी पत्नी पेनेलोपलेसमेत सार्वजनिक कोषको १० लाख यूरोभन्दा बढी रकम दुरूपयोग गरेको अभियोगमा पेरिस अदालतले  ३ वर्ष जेल सजाय सुनाएको छ । यसअतिरिक्त उनीहरू दुवै जनालाई ३ लाख ७५ हजार यूरो जरिवानाको फैसला सुनाइएको हो ।

यस्तै गैह्रकानूनीरूपमा लिएको १० लाख यूरो राष्ट्रियसभालाई फिर्ता गर्नु पर्ने पनि अदालतको फैसलामा उल्लेख छ ।

पेनेलोपले फिलोन प्रधानमन्त्री रहेका समय संसदीय सहायकको रूपमा एक व्यक्तिको नाममा नक्कली जागिर सिर्जना गरी त्यसबापत रकम लिएको आरोप लागेको थियो ।

यसैप्रकरणपछि उनी सन् २०१७ को राष्ट्रपतीय निर्वाचनमा फिलोन  चुनावी अभियानबाट पछि हटेका थिए ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ७ : ०३ बजे

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह