लाइभ रिपोर्टिङकै क्रममा सिएनएनका पत्रकार पक्राउ | Khabarhub Khabarhub

लाइभ रिपोर्टिङकै क्रममा सिएनएनका पत्रकार पक्राउ


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका एक पत्रकारलाई प्रहरीले लाइभ रिपोर्टिङकै क्रममा पक्राउ गरेको छ ।

मिनियापोलसमा भइरहेको प्रदर्शनको समाचार सम्प्रेषण गरिरहेका बेला उनलाई पक्राउ गरिएको हो ।

जर्ज फ्लोइड नाम गरेका अश्वेत व्यक्तिको प्रहरी हिरासतमै निधन भएपछि मिनियापोलससहित अमेरिकाका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका बेला लाइभ रिपोर्टिङ गरिरहेका सिएनएनका पत्रकार ओमार जिमिनेजलाई प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय समय अनुसार शुक्रबार बिहान टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिरहेका पत्रकार जिमिनेजलाई पक्राउ गरिएको केहीबेरपछि छाडिएको थियो ।

प्रहरीले हट्न भनेका बेला नहटेपछि उनीहरुलाई पक्राउ गरिए पनि मिनेशोटाका गभर्नर टिम वाल्जले घटनाप्रति माफी मागेका छन् ।

सिएनएनले पत्रकारलाई गरिएको पक्राउ संविधानको उल्लंघन भन्दै भर्त्सना गरेको छ ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ११ : १० बजे

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार