अक्षय कुमारको ४५ लाख सहयोग, ७ सय परिवारको भोजन देवगनको जिम्मा | Khabarhub Khabarhub

अक्षय कुमारको ४५ लाख सहयोग, ७ सय परिवारको भोजन देवगनको जिम्मा

कुन कलाकारको के सहयोग ? को विवादमा परे ?


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको प्रकोप बढेसंगै यस समय हरेक मानिस तनावमय जीवन बाँचिरहेको छ ।

लाखौंमानिस कोरोना संक्रमित हुँदा अधिकांश मानिस आर्थिक अभाव झेलिरहेका छन् । अझ दैनिक काम गरेर खाने वर्ग यस समय कोरोना संक्रमणका कारण भोकमरीसंग जुध्न बाध्य छन् । यहीबीच बलिउड अभिनेता अक्षय कुमारले सिने र टेलिभिजन कलाकार संघलाई ४५ लाख भारु आर्थिक सहयोग गरेका छन् ।

यसैबीच पश्चिम बंगालमा आएको चक्रवत तुफानका कारण हजारौ मानिस बेघर भएका छन् । यस मुस्किल घडीमा पश्चिम बंगालका ब्रान्ड एम्बास्डर एवम् चर्चित बलिउड अभिनेता शाहरुख खानले समेत लाखौं रकम सहयोगको घोषणा गरेका छन् ।

तर भारतमा बढेको महामारीकाबीच एक निजी कम्पनीको उत्पादनलाई विज्ञापन गरेको आरोपमा दिग्गज बलिउड अभिनेत्री एवम् भारतीय जनता पार्टीकी सांसद हेमा मालिनीलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले कडा आलोचना गरेका छन् ।

भारतको आर्थिक राजधानी मुम्बई कोरोना भाइरसको सबैभन्दा बढि प्रभावित क्षेत्र हो । जसका कारण यस क्षेत्रमा रहेका अधिकाशं गरिब दैनिक रोजिरोटीको विकल्पमा भोकभोकै रहन बाध्य छन् । यहीबीच बलिउड अभिनेता अजय देवगनले करिब ७ सय परिवारको खानाको जिम्मेवारी उठाउदै आएका छन् ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  १० : १६ बजे

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको