लकडाउनमै बन्यो कुश्मामा सार्वजनिक व्यायामस्थल | Khabarhub Khabarhub

लकडाउनमै बन्यो कुश्मामा सार्वजनिक व्यायामस्थल


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- पर्वतको कुश्मा नगरपालिकाले सार्वजनिक व्यायामशाला निर्माण गरेको छ । बजारको बाक्लो बस्ती र व्यस्त दैनिकीका कारण मानिसले व्यायाम गर्न सहज बनाउन नगरपालिकाले सार्वजनिक चौरमा सो स्थल निर्माण गरेको हो ।

नगरपालिकाले बजारको खानपानबाट शरीरलाई स्वस्थ राख्न अनिवार्य व्यायाम आवश्यक रहेकोले वडा नं ७ को गोदामचौरमा सार्वजनिक व्यायामस्थल निर्माण गरेको हो ।

गोदामचौरको नौ रोपनी क्षेत्रफल रहेको सार्वजनिक चौरलाई उपयोग गरेर सो निर्माण गरिएको वडाध्यक्ष सुवासचन्द्र पौडेलले जानकारी दिए । अव्यवस्थित रहेको चौरलाई सम्माएर समथर बनाइएको छ । वरिपरि तारजाली लगाएर खुलाचौरलाई खेलमैदानका रूपमा विकास गरिएको छ ।

एक दर्जनभन्दा बढी सामग्रीसहित पार्क निर्माण गरेर सार्वजनिक व्यायामस्थल निर्माण गरेको पौडेलले बताए । भलिबल, क्रिकेट तथा चमच्चा पिङसहितको सबै वर्गमा मानिसले उपयोग गर्न सक्ने गरी निर्माण थालिएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख रामचन्द्र जोशीले बजारमा घरभित्र रहेका व्यायामशालामा शुल्क लाग्ने र सर्वसाधरणको पहुँचमा नपुग्ने भन्दै नगरवासी तथा सर्वसाधरणका लागि सार्वजनिकस्थलमा व्यायमस्थल निर्माण गरिएको बताए ।

नगरपालिकाले रु १० लाख बजेट खर्चिएर चौरमा व्यायामशालासहित अन्य पूर्वाधार निर्माण गरेको जनाएको छ । बजार नजिकैको उच्च भेग गोदाममा रमणीय दृश्यसहित वनको हरियालीसँगै शारीरिक अभ्यास गर्न पाउने भएपछि स्थानीय पनि खुशी देखिन्छन् । धवलागिरिमै पहिलोपटक यसरी सरकारी तवरबाट खुला व्यायमस्थल निर्माण भएको हो ।

व्यायामशालामा व्यायम सामग्री जडानको काम भइरहेको छ । यो मैदानलाई खेलमैदानका रूपमा विकास गरिए पनि जारी लकडाउनको बेला भने सबै खेलकूद र व्यायामका कार्यक्रम भने पूर्णतः रोक लगाइएको वडाध्यक्ष पौडेलले बताए ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ९ : ४६ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला