कोरोनाभाइरस प्रभावः ७० प्रतिशत तलब काट्न बार्सिलोनाका खेलाडी सहमत | Khabarhub Khabarhub

कोरोनाभाइरस प्रभावः ७० प्रतिशत तलब काट्न बार्सिलोनाका खेलाडी सहमत


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनको महारथि फुटबल क्लब बार्सिलोनाले नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण क्लबलाई आर्थिक भार परेको भन्दै खेलाडीको तलब काट्ने निर्णयमा खेलाडी सहमति जनाएका छन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरससँग जुदिरहँदा क्लबलाई पर्न गएको घाटामा केहीसहज होस् भने आफूहरु क्लबको निर्णयमा हमत भएको कप्तान लियोनम मेस्सीले बताएका छन् ।

उनले आफ्नो इन्टाग्राम एकाउन्टमा क्याप्सन लेख्दै उक्त निर्णयको स्वागत गरेका हुन् । योसँगै बार्सिलोनाले आफ्ना खेलाडीको तलबबाट ७० प्रतिशत काट्नेछ ।

कोरोना भाइरसका कारण लामो समयसम्म खेल गतिविधि नभएपछि क्लबलाई पर्न गएको आर्थिक समस्याको केही हदसम्म हल हुने योजनासहित खेलाडीहरु क्लबलाई सहयोग गर्न सहमत भएका हुन् ।

यसअघि पनि स्पेन र युरोपका अन्य क्लबहरुले खेलाडीबो तलब कटौति गर्ने निर्णय गरिसकेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ८ : ११ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला