कोरोना भाइरसको जोखिमले १० दिनमा १ सय ७९ कैदी रिहा | Khabarhub Khabarhub

कोरोना भाइरसको जोखिमले १० दिनमा १ सय ७९ कैदी रिहा


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको जोखिम उच्च भएपछि सरकारले १ सय ७९ जना कैदीलाई रिहा गरेको छ ।

सर्बोच्च अदालतले गरेको आदेशानुसार हालसम्म १ सय ७९ कैदी कारागार मुक्त भएका हुन् ।

सर्बोच्च अदालतले यही चैत्र ७ गते एक वर्षभन्दा कम कैद तोकिएका कैदीलाई कारागार मुक्त गर्न आदेश दिएको थियो ।

सो आदेश लगत्तै एक बर्ष भन्दा कम कैद सजाय भएका १ सय ७९ जना कैदीलाई रिहाई गरिएको कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कणेलले जानकारी दिए ।

विभिन्न जिल्लामा रहेका आठ बाल सुधार गृहबाट १ सय १९ बालबालिका छुटेका छन् भने अरु कारागारबाट सोमबारसम्ममा ६० जना छुटेका छन् ।

सर्बोच्चको आदेश अनुसार फौजदारी कार्यविधि संहिताको २०७४ दफा १ सय ५५ को कार्यविधि पुर्‍याएर एक वर्षभन्दा कम कैदहरुले छुट्न चाहदा रितपूर्वक निवेदन दिएपछि उनीहरुकाबारेमा आवश्यक निर्णय हुने कणेलले जानकारी दिए ।

‘छुट्दा कैदीले भूक्तान गर्न बाँकी रहेको समयावधिको प्रतिदिन ३ सय रुपैयाँका दरले हुन आउने राजश्व दाखिला गराउनपर्नेछ,’ कणेलले भने ‘तर यो ब्यवस्था एक बर्षभन्दा कम कैद सजाय ठेकिएकाहरुको हकमा मात्रै हो, अदालतको आदेशपछि छुट्नेहरु सोही प्रक्रिया पुर्‍याएर छुटेका छन्, कति राजश्व दाखिला भएको छ भन्ने निकाल्न बाँकी  नै छ ।’

जरिवाना तोकिएका कैदीले भने पूरै जरिवाना तिरेर मात्र छुट्न पाउँने उनले जानकारी दिए । सम्बन्धित व्यक्तिहरुबाट निवेदन आएपछि कारागार प्रशासनले सम्बन्धित जिल्ला सरकारी कार्यालयमा निवेदन पठाउँछ ।

जिल्ला सरकारी वकिलको कार्यालयले अदालत वा न्यायिक निकायमा पठाएपछि त्यहाँको आदेशानुसार कैदी छुट्न सक्छन् । तीबाहेक पनि धेरै कैदीबन्दी कैद भुक्तानीपछि नियमित रुपमा छुटिरहेको महानिर्देशक कणेलले बताएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ७ : ३३ बजे

धेरै कम्पनीको शेयर मूल्य घट्दा पनि बढ्यो नेप्से 

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्री ओपन सेसनमा १०

रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’ लगाइँदै

मन्थली– जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक

म्याग्दी र मुस्ताङमा बढ्यो पर्यटकीय चहलपहल

गलेश्वर– म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक तथा

तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट नेपाललाई फाइदा हुन्छ : मन्त्री भण्डारी (भिडियोसहित) 

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको स्वशासित क्षेत्र

इलाम–२ को अपडेट : फराकिलो अग्रतामा सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना