अमेरिकामा सामाजिक दूरीको नियम अप्रिल ३० सम्म, उल्लंघन गरे ५ सय जरिवाना | Khabarhub Khabarhub

अमेरिकामा सामाजिक दूरीको नियम अप्रिल ३० सम्म, उल्लंघन गरे ५ सय जरिवाना


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्थानीयलाई सामाजिक दूरीको नियम कडाइका साथ पालना गर्न निर्देशन दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाभरका लागि सामाजिक दूरी कायम गर्नुपर्ने गाइडलाइनलाई अप्रिल ३० सम्मका लागि लम्ब्याउने घोषणा गरेका छन् ।

कोरोना संक्रमण फैलिन नदिन अप्रिल ३० सम्मका लागि सामाजिक दुरीको नियम कायम राख्ने उनले बताएका हुन् ।

आगामी दुई साता मृत्युदर उच्च हुने र त्यसपछि जुन १ सम्म मुलुक रिकभरको बाटोमा जाने ट्रम्पले दाबी गरेका छन् ।

यस्तै, न्युयोर्कका मेयर बिल डे ब्लाजिओले कोरोना भाइरसको महामारीबिरुद्ध लड्न सामाजिक दुरी कायम गर्न नमान्नेहरुलाई ५ सय डलर जरिवाना गरिने बताएका हुन् ।

जरिवानाको रकम २५० डलरदेखि ५ सय डलरसम्म हुने बताइएको छ ।

मेयर ब्लाजिओले सिटीका पार्कहरु र खेलमैदानहरु भने खुला नै राख्ने बताएका छन् । न्युयोर्क सिटीमामात्र कोरोना संक्रमितको संख्या ३२ हजार नाघेको छ भने मृतकको संख्या ६७८ पुगेको छ ।

न्युयोर्क सिटीमा सामाजिक दूरी कायम नगर्नेहरुलाई ५ सय डलर जरिवाना गरिने जनाइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ६ : १७ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला