कोरोनाभाइरसको संक्रमण फैलिन नदिन ४१ हजार बढीको 'कन्ट्याक्ट ट्रेसिङ' | Khabarhub Khabarhub

कोरोनाभाइरसको संक्रमण फैलिन नदिन ४१ हजार बढीको ‘कन्ट्याक्ट ट्रेसिङ’


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको जोखिम फैलिन नदिन सरकारले हालसम्म विदेशबाट आएका तथा उनीहरुको सम्पर्कमा रहेका  ४१ हजार बढीको कन्ट्याक्ट ट्रेसिङ गरेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले सोमबार पत्रकार सम्मेलनमाफर्त सरकारले स्थानीय तहमा रहेका र विदेशबाट आएका तथा उनीहरुको सम्पकरमा रहेका ४१ हजार १ सय ४ जना व्यक्तिो नामावली तयार पारेको जानकारी दिएका हुन् ।

‘यो नामावाली बाहिरबाट आउनुभएका व्यक्तिहरुको ट्रेसिङ गरेर उहाँहरुको सबै विवरण अध्यावधिक गरिएको अवस्था छ,’ डा देवकोटाले भने, ‘यसले गर्दा भोलिका दिनमा उहाँहरुलाई कसैलाई पनि कुनै कोरोना सम्बन्धी लक्षण देखिएमा सम्पर्क गर्न र उपचारका लागि सहज हुनेछ ।’

स्वास्थ्य मन्त्रालयले विदेशबाट आउने अन्य व्यक्तिको नामावली संकलन गर्ने काम पनि जारी राखेको पनि प्रवक्ता देवकोटाले बताए ।

उनले पाटनमा मृत्यु भएका एक युवक र वीर अस्पतालमा मृत्यु भएका एक महिला र एक पुरुषको नमूना परीक्षणको काम भइरहेको पनि जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा हालसम्म ९ सय ९३ जनाको कोरोना संक्रमण परीक्षण गरिएको बताएका छन् ।

कोरोनाको विषयमा गरिने नियमित पत्रकार सम्मेलनमाफर्त मन्त्रालयका प्रवक्ता देवकोटाले नेपालमा हालसम्म ९ सय ९३ जनाको कोरोना परीक्षण गरिएको बताएका हुन् ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ५ : ३१ बजे

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा