कोरोना त्रासका बीच विश्व फुटबल प्रेमीको ध्यान तान्न सफल बेलारुस प्रिमियर लिग | Khabarhub Khabarhub

कोरोना त्रासका बीच विश्व फुटबल प्रेमीको ध्यान तान्न सफल बेलारुस प्रिमियर लिग


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नोबेल कोरोना भाइरस (कोभिड १९) ले विश्वभर महामारीको रुपमा फैलिएको छ ।

यसले विश्वका ठूलादेखि साना राष्ट्रका खेलकुद गतिविधि ठप्प रहेका छन् ।

युरोपमा कोरोना भाइरस संक्रमणको सबै भन्दा धरै प्रभाब परेको छ ।

तर, युरोपको एउटा देशमा चाहिँ खेलकुद प्रतियोगिता भइरहेका छन् ।

त्यो अरु कुनै देश होइन, बेलारुस हो । त्यहाँ खेलकुद गतिविधिमात्रै होइन सबै काम सामान्य झै चलिरहेको छ ।

अझ पछिल्लो केही दिन यता त अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले पनि बेलारुसमा भइरहेका खेल गतिविधिको चर्चा गर्न थालेका छन् ।

युरोपका अधिकाशं खेल गतिविधि अहिले अनिश्चित कालका लागि स्थगित भएका छन् ।

तर, बेलारुसी प्रिमियर लिग भने आफ्नो गतिमा चलिरहेको छ । यसको चर्चा नेपालका फुटबल प्रेमीमाझ पनि हुन थालेको छ । अन्य समयमा विरलै सुनिने प्रतियोगिता हो यो ।

तर, सबै खेल बन्द हुँदा खेल प्रेमीहरुका लागि समय कटाउने माध्य पनि बनेको छ । 

बेलारुसको  राजधानीमा शनिबारमात्रै ६ वटा खेल भए । जसमा ३ हजारभन्दा बढी प्रत्यक्ष सहभागी भएको समाचारहरुमा भनिएको छ ।

एफसी मिस्के र डाइनामो मिस्केबीचको डर्बी खेल डाइनामोले ३–२ गोल अन्तरले जितेको थियो । 

बेलारुसमा कोरोनाको संक्रमण नभेटिएको होइन । तर, त्यहाँ सय भन्दा कममा संक्रमण रहेको छ ।

तर, पनि त्यहाँको सरकारले कुनै पनि कुरामा प्रतिवबन्ध लगाएको छैन ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  १० : ५० बजे

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

काठमाडौं- प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) आइतबार