पाँचथरमा १ सय ४१ शहीदका परिवार सम्मानित | Khabarhub Khabarhub

पाँचथरमा १ सय ४१ शहीदका परिवार सम्मानित


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर- शहीद प्रतिष्ठान पाँचथरले जिल्लाका शहीद परिवारलाई सम्मान गरेको छ । प्रतिष्ठानले जिल्लाका स्थानीय तह स्तरमा सम्मान कार्यक्रमको आयोजना गर्दै शहीद परिवारलाई सम्मान गरेको हो ।

प्रतिष्ठानले सशस्त्र द्वन्द्व, जनआन्दोलन तथा विभिन्न आदोलनहरुमा ज्यान गुमाउनेका परिवारलाई सम्मान गरेको हो । फिदिम नगरपालिकासहित सात वटा गाउँपालिकामा विभिन्न आन्दोलनमा ज्यान गुमाएका १ सय ४१ जना शहीदका परिवारलाई सम्मान गरिएको शहीद प्रतिष्ठान पाँचथरका अध्यक्ष विशाल रसाइलीले बताए ।

शहीदहरुको आधिकारिक विवरण नभएका कारण परिवर्तनको आन्दोलनमा ज्यान गुमाउने सबैका परिवारलाई शहीद स्वरुप सम्मान गरिएको रसाइलीले बताए । जिल्लामा सशस्त्र द्वन्द्वमा तत्कालीन विद्रोही माओवादीका कार्यकर्ता तथा समर्थक मात्रै १ सय ५८ जनाको ज्यान गएको थियो ।

यद्यपी उनीहरुमध्ये १ सय ४० जनाको मात्रै आधिकारिक विवरण प्राप्त भएको प्रतिष्ठानले जनाएको छ । माओवादीतर्फ सशस्त्र द्वन्द्वमा यहाँको फालेलुङ गाउँपालिकाबाट सबैभन्दा बढी ५६ जनाको ज्यान गएको थियो ।

प्रतिष्ठानले आगामी दिनमा प्रजातन्त्र प्राप्तिको आन्दोलनदेखि हालसम्मका सबै आन्दोलनमा ज्यान गुमाउनेका परिवारलाई शहीद परिवारको रुपमा पहिचान गरी सम्मान गर्ने तथा ब्यवस्थित अभिलेख तयार पार्ने जनाएको छ ।

प्रतिष्ठानले सम्मान गरेपछि यहाँका स्थानीय तह जनप्रतिनिधिले समेत शहीद परिवारलाई सम्मान गर्ने तथा उनीहरुका लागि विशेष कार्यक्रम तय गर्ने बताएका छन् ।

जिल्लाको हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानप्रसाद लिङ्देनले भने,“हामी हाम्रै स्थानीय तहमा रहनुभएका शहीद परिवारबारे बेखवर थियौँ । उहाँहरुको पहिचान एवं सम्मानका लागि शहीद प्रतिष्ठानले ठूलो पाठ सिकाएको छ ।”

लिङ्देनले आगामी दिनमा आफ्नो गाउँपालिकामा रहेका शहीद परिवारलाई विशेष सम्मान गरिने बताए । याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले शहीद परिवारको सम्मानका लागि विशेष कार्यक्रम नै अघि बढाउने उल्लेख गरे ।

शहीद दिवसको अवसरमा प्रतिष्ठानको आयोजना तथा जिल्ला समन्वय समिति पाँचथरको समन्वयमा आज फिदिममा शहीद दिवस समेत मनाइएको छ ।

कार्यक्रममा विभिन्न आन्दोलनमा ज्यान गुमाउने शहीदहरुको तस्वीरमा माल्र्यापण गर्दै श्रद्धाञ्जली अपर्ण गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले सबै आन्दोलनमा ज्यान गुमाउने योद्धाहरुको स्मरण र उनीहरुका परिवारलाई सम्मान गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  १० : ३० बजे

अर्थमन्त्रीलाई सुझाव : रोजगारी र उत्पादन बढाउने बजेट ल्याउनू

काठमाडौं- अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आगामी आर्थिक वर्षको बजेट निर्माण

दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम

काठमाडौं– ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी

बागमतीमा एकै दिन तीन जनाको शव फेला

हेटौंडा– बागमतीमा शनिबार एकै दिन तीन जनाको शव फेला परेको

टुँडिखेलमा महानगरपालिकाको सीप मेला (फोटो फिचर)

काठमाडौं– काठमाडौँ महानगरपालिकाले काठमाडौँको टुँडिखेलमा सिप मेला सञ्चालन गरिरहेको छ

नेपालगञ्ज नाकाबाट नौ महिनामा ७० करोड बढीको जडिबुटी निकासी

खजुरा– जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा