सत्य निरुपण आयोग राजनीतिक भागवण्डामा गठन हुनु दुर्भाग्यपूर्ण – अध्यक्ष थापा | Khabarhub Khabarhub

सत्य निरुपण आयोग राजनीतिक भागवण्डामा गठन हुनु दुर्भाग्यपूर्ण – अध्यक्ष थापा


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सहिदहरुको उचित सम्मान हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।

‘सहिदका सपना साकार पार्ने’ भनेर सरकारी दस्तावेजहरुमा ठुल्ठुला अक्षरले लेखिएतापनि कार्यान्वयन त्यसको ठिक विपरित हुने परिपाटीले सहिदहरुको उचित सम्मान हुन नसकेको उनको भनाइ थियो ।

देश र जनताको निमित्त साहदत प्राप्त गरेका वीर सहिदहरुको सम्मान र परिवारको संरक्षणमा राज्यपक्षले यथोचित ध्यान नदिएकोप्रति आपत्ती प्रकट गर्दै अध्यक्ष थापाले परिवारजन गुमाउनुको पीडा शब्दमा व्यक्त गर्न नसकिने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सहिदहरुको सम्झनामा आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यो अवस्थाको अन्त्य गर्न सबै जनता जागरुक हुनुपर्ने समय आएको समेत उल्लेख गरे ।

जनताले पार्टीको रैतीको भूमिका मात्र निर्वाह गरेका कारण हत्यारा, बलत्कारी र जघन्य अपराधमा मुछिएका व्यक्तिहरु राज्यको उच्च ओहदामा पुगेको तितो यथार्थलाई सबैले मनन गर्नुपर्ने थापाले बताए ।

द्वन्द्वकालका जनधनको क्षतीको यथार्थ बुझ्न गठित सत्य निरुपण आयोग पनि राजनीतिक दलहरुको भागवण्डामा बन्नु दुर्भाग्यपूर्ण भएको भन्दै अध्यक्ष थापाले यस्तो आयोगबाट आउने परिणाम निष्पक्ष हुने र वास्तविक पीडितले न्याय पाउनेमा शंका व्यक्त गरे ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ४ : १२ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई