फोक्सोमै हुन्छ धुम्रपानबाट हुने क्यान्सर निको पार्ने चमत्कारी क्षमता | Khabarhub Khabarhub

फोक्सोमै हुन्छ धुम्रपानबाट हुने क्यान्सर निको पार्ने चमत्कारी क्षमता


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धुम्रपान सेवन गर्दा शरीरलाई पर्ने असरमध्येको एउटा हो, फोक्सोको क्यान्सर ।

तर, वैज्ञानिकहरुले हालै गरेको एक अध्ययनबाट धुम्रपानका कारण फोक्सोमा परेको क्षति निको पार्न मानव शरीरमा चमत्कारी क्षमता हुने गरेको पत्ता लगाएका छन् ।

तर, यस्तो चमत्कारी क्षमताको प्रभावकारिता भने धुम्रपान त्यागे पछि मात्रै सम्भव हुने अनुसन्धानमा संलग्न वैज्ञानिकहरुको भनाइ छ ।

यसअघि धुम्रपानले फोक्सोमा स्थायी रुपमै क्षति पुर्‍याउने गरेको भन्ने गरिन्थ्यो ।

तर, नेचर जर्नलमा प्रकाशित शोधमा उल्लेख भएअनुसार धुम्रपानबाट क्षतिग्रस्त नभएका कोषहरुले धुम्रपानका कारण क्षतिग्रस्त कोषहरुलाई निको पार्न सहयोग गर्ने पाइएको छ ।

गेट्टी ईमेज

शोधमा उल्लेख भएअनुसार फोक्सोमा मात्रै यस्तो जादुमयी क्षमता हुन्छ, जसले धुम्रपानबाट क्षतिग्रस्त कोषलाई निको पार्न सक्छ ।

वैज्ञानिकहरुका अनुसार ४० वर्षसम्म दैनिक २० खिल्ली चुरोट पिउने व्यक्तिमा समेत यस्तो सकरात्मक प्रभाव परेको देखिएको छ ।

यद्यपि, धुम्रपान त्याग्दैमा फोक्सोको क्यान्सरसँग सम्बन्धित सबै खतरा भने नटर्ने वैज्ञानिकहरुको भनाइ छ ।

अनुसन्धानमा संलग्न स्याङ्गर इन्स्टीच्यूटका विज्ञ चिकित्सक पिटर क्याम्पबेलले फोक्सोको उक्त क्षमता साँच्चिकै चमत्कारी भएको बताए ।

अनुसन्धानकर्ताहरुले धुम्रपानका कारण क्षतिग्रस्त भएका फोक्साका कोषमध्ये कति प्रतिशत निको हुन सक्छन् भन्ने विषयमा भने अकलन गर्न बाँकी रहेको बताएका छन् ।

सूर्तीमा भएका हजारौं रसायनले मानिसको फोक्सोमा भएका आनुवंशिक गुण बोक्ने डीएनएलाई बिगारिदिन्छन् । जसका कारण ती स्वस्थ्य कोषबाट क्यान्सरजन्य कोष बन्न थाल्छन् ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  २ : ३० बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी