विश्वका धेरै जाम हुने १० शहरमा भारतका ४ वटा, कुन देशको अवस्था कस्तो ? | Khabarhub Khabarhub

विश्वका धेरै जाम हुने १० शहरमा भारतका ४ वटा, कुन देशको अवस्था कस्तो ?


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सवारी जामका कारण हैरानी खेप्नु परेको समस्या नेपालमा नौलो होइन ।

मुख्य चोकहरुमा हुने जामलाई लिएर बेलाबखतमा समाचारहरु सार्वजनिक हुने गरेको छ । केही वर्षअघि सम्म कलंकीको जाम थानकोटसम्म पुगेको भन्दै सरकारको आलोचना हुने गरेको थियो ।

तर कलंकिमा अन्डरपास बनेपछि त्यो समस्या समाधान भएको छ । तर अहिले कोटेश्वर जडिबुटी सडक खण्डको जामले त्यस क्षेत्रका मानिस हैरान भएका छन् ।

कतिपयले विदेशमा जाम नहुने भन्दै सरकारको आलोचनामा गर्ने गरेका छन् । तर एक अध्ययनका अनुसार भने विश्वका केही सहरमा निकै ठूलो जाम हुने गरेको छ । जसमा छिमेकी मुलुक भारत शीर्ष स्थानमा परेको छ ।

‘शहरी यातायाता’ का बारेमा काम गर्ने एक संस्था ‘टमटम’ ले गरेको अध्ययन अनुसन्धानको नवौं संस्करण प्रकाश भएको छ जसमा सबैभन्दा भीडभाड र ट्राफिक भएको शहरहरुको नाम उल्लेख गरिएको छ ।

सर्वेक्षणका अनुसार भीडभाड र जाम हुने शहरको टप १० मा भारतका चार शहर परेका छन् ।

भारतको बेग्लुरु पहिलो स्थानमा रहेको छ भने फिलिपिन्सको मनिला दोस्रो नम्बरमा परेको छ ।

तेस्रो स्थानमा कोलम्बियाको बोगोटा, चौथोमा भारतको मुम्बइ, पाँचौमा भारतकै पुणे, छैठौंमा रसियाको मस्को, सातौमा पेरुको लिमा, आठौंमा भारतको नयाँ दिल्ली, नवौंमा टर्कीको स्तानबुल परेका छन् । १० औंमा इन्डोनेशियाको जाकर्ता रहेको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  १ : ०६ बजे

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास