दुईतिहाइ मत पाएको तीन वर्षपछि सडकमा उत्रनुपर्छ भन्ने सोचेको थिएन– प्रचण्ड | Khabarhub Khabarhub

दुईतिहाइ मत पाएको तीन वर्षपछि सडकमा उत्रनुपर्छ भन्ने सोचेको थिएन– प्रचण्ड


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाई मत पाएको पार्टी तीन वर्षमै सडकमा उत्रनुपर्छ भन्ने नसोचेको बताएका छन् ।

ठूलो सोच राखेर पार्टी एकता गरेको तीन वर्षभित्रै पार्टी अध्यक्षविरुद्ध आवाज उठाउँदै सडकमा आउनुपर्छ भन्ने आफूलाई नलागेको बताए ।

उनले अहिले देशभरबाट ओलीविरुद्ध प्रदर्शन गरिरहेको बताए ।

उनले लोकतान्त्रिक प्रणालीविरुद्ध गरिएको प्रहारकाविरुद्ध सडकमा आएको बताए ।

आफूहरुले ७० वर्षदेखि विभिन्न चरणका आन्दोलन गरेको भन्दै प्रचण्डले संविधानसभाबाट संविधान बनाएर अघि बढ्ने सोचका साथ हामीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको स्मरण गरे ।

हजारौँ नेपालीले ज्यान गुमाएर ल्याएको गणतन्त्र संस्थागत हुन नसकेपछि सडकमा आउने परेको बताए ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ३ : ५० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम