प्रधानमन्त्री कप टी ट्वान्टी महिला क्रिकेट : पहिलो खेलमा गण्डकी प्रदेश पराजित | Khabarhub Khabarhub

प्रधानमन्त्री कप टी ट्वान्टी महिला क्रिकेट : पहिलो खेलमा गण्डकी प्रदेश पराजित


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दाङ लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको प्रधानमन्त्री कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ५९ रनले हराएको छ।

सुदूरपश्चिमले दिएको १०८ रनको लक्ष्य पछ्याएको गण्डकीले पूरा २० ओभर खेल्दै ६ विकेट गुमाएर ४८ रन मात्र बनाउन सकेको हो। गण्डकीका लागि पूर्णता शाहीले १७ बलमा २ रन, शिला क्षेत्रीले २१ बलमा ४ रन, सृष्टी पौडेलले १० बलमा ८ रन, सीमाना केसीले २५ बलमा ४ रन, एलिशा लामिछानेले ७ बलमा ४ रन सातै अविजित रहेका ज्योत्सिन्का मरासिनीले १४ बलमा ६ साथै कुसुम गोदारले १९ बलमा ५ रन बनाए।

सुदूपश्चिमका लागि सुनिता लुहारले दुई साथै कविता कुँवर, ऋतु कनोजिया र लक्ष्मी साउदले एक–एक विकेट लिए।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  १ : ४६ बजे

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा