यस्तो देखियो प्रचण्ड–नेपाल समूहको काठमाडौँको प्रदर्शन (फोटोफिचर) | Khabarhub Khabarhub

यस्तो देखियो प्रचण्ड–नेपाल समूहको काठमाडौँको प्रदर्शन (फोटोफिचर)


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरूद्ध काठमाडौँका १३ ठाउँबाट जुलुस निकालेको छ।

जुसुमा उल्लेख संख्यामा नेता तथा कार्यकर्ता सहभागी भएका छन् । पार्टीको आन्तरिक विवादमा जनप्रतिनिधिको थलो प्रतिनिधिसभालाई प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा असंवैधानिक तवरले भंग गरिएको भन्दै दाहाल-नेपाल समूहले आज देशव्यापी प्रदर्शन गर्दैछ ।

प्रदर्शनका लागि पार्टीका शीर्ष नेता देशका विभिन्न स्थानमा खटिएका छन् । काठमाडौँका १३ स्थानबाट शीर्ष नेताहरू सहभागी भएर जुलुस निकालिएको छ ।

टेकुबाट युवराज ज्ञवाली, कुलेश्वरबाट बेदुराम भुसाल, कुपन्डोलबाट पम्फा भुसाल, नयाँ बानेश्वरबाट लीलामणि पोखरेल, मैतीदेवीबाट हरिबोल गजुरेल, नक्सालबाट जनार्दन शर्मा न्युरोडबाट अष्टलक्ष्मी शाक्य, रत्नपार्कबाट मुकुन्द न्यौपाने, त्रि-चन्द्रबाट योगेश भट्टराई, पुरानो बानेश्वबाट अमृत बोहोरा, बागबजारबाट गिरिराजमणि पोखरेल, वाल्मीकि क्याम्पस प्रदर्शनी मार्गबाट गणेश शाहको नेतृवमा जुलुस निकालिएको हो ।

तस्वीरमा हेर्नुहोस प्रचण्ड–नेपाल समूहको प्रदर्शन

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  १ : ३६ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर