म्यामारका लागि भारतीय राजदूतद्वारा योङगोन कोभिड-१९ उपचार केन्द्रलाई खाद्य सामग्री सहयोग | Khabarhub Khabarhub

म्यामारका लागि भारतीय राजदूतद्वारा योङगोन कोभिड-१९ उपचार केन्द्रलाई खाद्य सामग्री सहयोग


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्यानमार– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले विश्वको स्वास्थ्य प्रणालीलाई तहसनहस बनाएको छ भने अर्थतन्त्रलाई धराशायी बनाएको अवस्था छ ।

यस्तो संकटको अवस्थामा गरिब तथा कमजोर मुलुकहरु निकै समस्यामा परेका छन् । ती मुलुकहरुमा दैनिक उपभोग्य सामग्रीको पनि अभाव हुने स्थिति सिर्जना भएको छ ।

यस्ता अति संकटमा परेका मुलुकहरुलाई सम्पन्‍न मुलुकहरुले विभिन्‍न किसिमका सहयोगहरु गर्दै आइरहेका छन् । जसमा भारतले पनि महामारीविरुद्ध लड्‍न विभिन्‍न मुलुकहरुलाई सहयोग गरिरहेको छ ।

भारतले महामारीकबीचमा छिमेकी मुलुकहरुलाई सहयोग पुर्‍याउने प्रयासको एक हिस्साको रूपमा म्यानमारको योङगोन जनरल अस्पताल कोभिड-१९ उपचार केन्द्रमा सहयोग प्रदान गरेको छ ।

म्यानमारका लागि भारतीय राजदूत सौरभ कुमारले योङ्‌गोन जनरल अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा शनिबार खाना सहयोग गरेको म्यानमारस्थिति भारतीय दूतावासले जनाएको छ ।

गत महिना म्यानमारको भ्रमणको क्रममा सेना प्रमुख जनरल एमएम नरवणे र विदेश सचिव हर्षवर्धन श्रिंगलाले कोरोनाविरुद्धो उपचारमा प्रभावकारी मानिएको रेमडेसिभिर औषधि सहयोग गरेका थिए ।

उनीहरुले म्यानमारका राज्य सल्लाहकार आङसाङ सुचीलाई तीन हजार भायल रेम्डेसिभिर औषधि सहोग गर्नै महामारीविरुद्ध लडाईंमा थप सहयोग गर्ने प्रतिबद्धता व्षक्त गरेका थिए । भारतीय खोप विकास प्रतिष्ठानहरूले पनि खोपहरू उपलब्ध हुने बित्तिकै म्यानमारलाई प्राथमिकता दिन भारतको इच्छुकतालाई संकेत गरेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको ४३ औं महासभामा सम्बोधन गर्दा अन्तर्राष्ट्रिय समुदायलाई भारतको कोरोना भाइरस खोप उत्पादन र वितरण क्षमताले सबै मानवजातलाई महामारीविरूद्ध लड्न मद्दत पुर्‍याउने आश्वासन दिएका थिए ।

“विश्वको सबैभन्दा ठूलो खोप उत्पादन गर्ने देशको रूपमा म आज विश्वव्यापी समुदायलाई अझ एक आश्वासन दिन चाहन्छु । भारतको खोप उत्पादन र वितरण क्षमता यस संकटसँग लड्न सम्पूर्ण मानवतालाई सहयोग पुर्‍याउने छ । भारत र हाम्रो छिमेकीमा हामी “भारतमा तेस्रो चरणको क्लिनिकल परीक्षणको साथ अगाडि बढिरहेका छौं । भारतले सबै देशहरूलाई उनीहरूको शीत श्रृंखला र भण्डारन क्षमता अभिवृद्धि गर्न पनि सहयोग पुर्‍याउनेछ,” उनले भने ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ७ : २८ बजे

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज