उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रलाई अर्थमन्त्री पौडेलको आग्रह | Khabarhub Khabarhub

उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रलाई अर्थमन्त्री पौडेलको आग्रह


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्।

नेपाल उद्योग परिसंघका पदाधिकारहरूसँगको भेटमा अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको साथमा रहेको बताउँदै कोभिड-१९ का कारण सिर्जित प्रतिकूलताका बाबजुत पनि उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रलाई आग्रह गरे।

अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रको प्रोत्साहन र प्रवर्द्धन गर्न नीति नियम बनाउँदादेखि कार्यान्वयनको तहसम्म सुझाव लिएर काम गर्ने बताए।

“निजी क्षेत्रले अघि सारेका माग तथा विषयलाई सम्बोधन गर्नका लागि निरन्तर दोहोरो संवादमा रहनुपर्छ,” उनले भने, “आजको छलफल छलफलको अन्त्य होइन, सुरूआत हो।”

उद्योगी तथा व्यावसायहरूलाई सहयोग तथा प्रोत्साहनका लागि सरकारले पुनर्कर्जा, व्यवसायी निरन्तरता कर्जालगायतका कार्यक्रमहरू ल्याएकाले त्यसको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिने उनले बताए।

नेपाल उद्योग परिसंघका पदाधिकारीहरूले कोभिड-१९ ले सिर्जना गरेका समस्यालाई सम्बोधन गर्न चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरिएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका थिए।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ९ : ३२ बजे

तयारी पोशाक निर्यातका विषयमा सरकार गम्भीर छ : मन्त्री भण्डारी 

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको तयारी पोशाक

टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई भ्रष्टाचार मुद्दामा ९ वर्ष कैद, २३ करोड जरिवाना

काठमाडौं – नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन

अङ्ग्रेजी भाषामा पठनपाठन सुरु भएपछि सामुदायिक विद्यालयमा विद्यार्थी बढे

सुदूरपश्चिम– अङ्ग्रेजी माध्यममा पठनपाठन हुन थालेपछि बढेको आकर्षणसँगै कैलालीका सामुदायिक

आगलागीबाट पीडितलाई घर बनाउन राहत दिने

विराटनगर– आगलागीमा परेका परिवारलाई संघीय सरकारले घर बनाउन राहत रकम

लम्कीचुहाको चिसापानीमा बेवारिसे शव फेला

लम्की– कैलालीको लम्कीचुहा नगरपालिका-३, चिसापानीमा एक बेवारिसे शव फेला परेको