'राजावादी'हरुको जुलुसमा सहभागी नहुन सरकारको आग्रह | Khabarhub Khabarhub

‘राजावादी’हरुको जुलुसमा सहभागी नहुन सरकारको आग्रह


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले संवैधानिक प्रणाली, लोकतन्त्र र कानूनी शासनविरुद्ध जनतालाई भड्काउने प्रयास भइरहेको जनाएको छ ।

गणतन्त्रको विरोध गर्दै राजतन्त्र पुनर्स्थापनाको पक्षमा देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको बेला सरकारले प्रतिक्रियावादी र पुनर्उत्थानवादीहरुका यस्ता खालमा भड्काउ गतिविधिमा संलग्न र सहभागी नहुन आम जनसमुदायलाई आग्रह गरेको हो ।

सरकार प्रवक्ता समेत रहेका सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङले भने, ‘संवैधानिक प्रणाली, लोकतन्त्र, कानूनी शासन विरुद्ध जनतालाई भड्काउने प्रयास भइरहेको छ । प्रतिक्रियावादी र  पुनर्उत्थानवादीहरुका यस्ता खालका भड्काउ गतिविधिमा संलग्न र सहभागी नहुन आम जनसमुदायलाई आग्रह गर्दै नेपाल सरकार समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्न सो दिशामा लाग्न हार्दिक अपिल गर्दछ ।’

केही समययता देशका विभिन्न ठाउँमा राजतन्त्रका पक्षमा जुलुस निस्किरहेका छन् । हिजो मात्रै नेपालगञ्जमा राप्रपाका महामन्त्री एवं नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशमशेर राणाको अगुवाईमै जुलुस निस्केको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ९ : ०२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र