अन्तरसंघर्षले पार्टीलाई अझ मजबुत बनाउँछ : वरिष्ठ नेता खनाल | Khabarhub Khabarhub

अन्तरसंघर्षले पार्टीलाई अझ मजबुत बनाउँछ : वरिष्ठ नेता खनाल


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी एक ढिक्का हुनेमा ढुक्क रहेको बताएका छन् ।

सूर्योदय नगरपालिकामा नेकपाका कार्यकर्तासँगको भेटमा नेता खनालले पार्टी एक जुट बनाउन आफू लागि पर्ने उल्लेख गरेका छन् । उनले पछिल्लो समय नेकपाभित्र अन्तरसंघर्ष बढे पनि पार्टी एकताबद्ध बनाउनका लागि भइरहेको छलफलका रूपमा बुझ्न अनुरोध गरेका छन् ।

‘पार्टी नै फुट्छ भन्ने हल्ला चलिरहेका छन्, तर आन्तरिक समस्या हल गर्नका लागि छलफल मात्र भएको हो,’ खनालले भने, ‘ अन्तरसंघर्षले पार्टीलाई अझ मजबुत बनाउँछ भन्ने बुझ्नुपर्छ ।’

उनले पछिल्लो समय पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा प्रस्तुत गरेको प्रतिवेदनसमेत आफूहरू अध्ययनमा रहेको बताए ।

उनले प्रतिवेदन अध्ययनपछि अझ नयाँ ढङ्गले पार्टी एकता हुने विश्वास आफूले गरेको जिकिर गरे ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ८ : ४१ बजे

वैशाख २६ अगाडि एमालेले सोडारीलाई विश्वासको मत नदिने

काठमाडौं–सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा एमालेले वैशाख २६ गतेअगाडि विश्वासको

साताको पहिलो दिन नेप्से २४.५८ अंकले घट्यो 

काठमाडौं– साताको पहिलो काराेबार दिन नेपाल स्टक एक्चेञ्ज (नेप्से) २४.५८

बागमती प्रदेशमा ११ हजार डेंगु संक्रमित

बागमती– बागमती प्रदेशमा पछिल्लो समय डेंगु संक्रमितको सङ्ख्या बढ्दै गएको

ग्वार्कोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते

काठमाडौं– ललितपुरको ग्वार्कोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते

केकीलाई प्रश्न : कपाल मुण्डन किन प्रचारको ‘मसला’ बनेन ?

काठमाडौं– नायिका केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ नवौँँ दिनमा प्रदर्शनरत