ओली सरकारको विकल्प छैन : मन्त्री अर्याल | Khabarhub Khabarhub

ओली सरकारको विकल्प छैन : मन्त्री अर्याल


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले केपी ओली सरकारको विकल्प नभएको बताएकी छन्।

आइतबार स्याङजाको वालिङस्थित एक खानेपानी आयोजनाको शिलान्यास गर्दै त्यस्तो बताएकी हुन्। मन्त्री अर्यालले पार्टीभित्र चलिरहेको विवादलाई लिएर सरकारको भविष्य के हुन्छ भनी प्रश्न उठ्ने गरेको भन्दै ओली सरकारको अहिले विकल्प नरहेकोले द्विविधामा नपर्न आग्रह गरिन्।

मन्त्री अर्यालले भनिन् ‘वर्तमान सरकारको पुरै कार्यकाल रहन्छ, ओली सरकारको नेतृत्वमै देश परिर्वतनकाे दिशामा अगाडि बढेको छ।’

कम्युनिष्ट पार्टी एक गतिशील पार्टी भएकाले छलफल र विवाद स्वभाविक भएको उनको भनाइ छ। पार्टीभित्र वहस घनिभूत रुपमा चल्ने भन्दै उनले दुवै अध्यक्षले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेको बताइन्।

सरकारले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यका साथ जनताको आधारभुत आवश्यकता पुरा गर्न अगाडि बढेको मन्त्री अर्यालले बताइन्।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  १० : १८ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी