कस्तो रह्यो चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण (फोटोफिचर) | Khabarhub Khabarhub

कस्तो रह्यो चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण (फोटोफिचर)


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री वेइ फेङहे आइतबार साँझ स्वदेश फर्किएका छन् ।

बिहान १० बजे काठमाण्डौ आएका उनी दिनभरि भेटवार्तामा व्यस्त रहे ।

साँझ उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी र बालुवाटरामा प्रधानमन्त्री केपी शर्मा ओलीसित शिष्टाचार भेटवार्ता गरेका थिए । भेटमा दुईदेशबीच भएका सम्झौता कार्यान्वयन लगायतका विषयमा कुराकानी भएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्नुअघि उनलाई जंगीअड्डामा सम्मान गारद प्रदान गरिएको थियो भने प्रधानसेनापति पूर्णचन्द्र थापासँग दुईपक्षीय हित र सैन्य सहयोगका विषयमा छलफल भएको थियो ।

फेङ्हे आइतबार बिहान साढे १० बजे एक दिने नेपाल भ्रमणमा आएका थिए । विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उनलाई स्वागत गरेका थिए ।

चिनियाँ रक्षामन्त्री वेई फेङही नेपालको एक दिवसीय औपचारिक भ्रमणका क्रममा काठमाडौँ आइपुगेपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’द्वारा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत । तस्वीर-रासस
चिनियाँ रक्षामन्त्री वेई फेङही नेपालको एक दिवसीय औपचारिक भ्रमणका क्रममा काठमाडौँ आइपुगेपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’द्वारा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत । तस्वीर-रासस
नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि आएका चीनका राज्यपरिषद सदस्य तथा रक्षामन्त्री वेई फेङहे नेपाली सेनाको मुख्यालयमा । तस्वीर- रासस

चिनियाँ रक्षामन्त्रीद्वारा प्रधानमन्त्री ओलीसँग भेटवार्ताका केही तस्वीर

तस्वीर– प्रधानमन्त्रीको सचिवालयबाट

जंगीअड्डामा सम्मान गारद लगायत भेटवार्ताका केही तस्वीर

तस्वीर- नेपाली सेना

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ८ : ०४ बजे

काठमाडौंमा वायु प्रदूषणको कहर (तस्बिरहरू)

काठमाडौं – काठमाडौं आज फेरि वायु प्रदूषणको विश्वकै पहिलो प्रदूषित

जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

झापा– १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति

हराएका २४ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

काठमाडौं– विभिन्न मितिमा हराएका २४ दुईपाङ्ग्रे सवारी साधन खोजी गरी

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका

‘कसम, राम्रो छ- मनसरा ?’

काठमाडौं– झुटो बोल्यो कि साँचो भनेर पत्ता लगाउन हाम्रो सामाजमा