देशभर २४ घण्टामा १२५५ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित) | Khabarhub Khabarhub

देशभर २४ घण्टामा १२५५ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १२५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार९७८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १७ हजार ९०९ रहेको छ ।

काठमाडौं उपत्यकामा थपिए ५४८ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ५९६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४२२, ललितपुरमा ६१ र भक्तपुरमा ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

थप १४०४ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १४०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख १२ हजार ५९० पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल र होम आइसोलेसनमै रहेर संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

४१४ संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत

मन्त्रालयका अनुसार देशभर ४ सय १४ जना कोरोना संक्रमितको विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ५३ जना भेन्टिलेटरमा र ३ सय ६१ जना संक्रमित आईसीयू उपचाररत छन्।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा छ । जहाँ १३० जना आईसीयूमा र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यसैगरी लुम्बिनी प्रदेशमा ७१ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४१ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा र प्रदेश २ मा ५ आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ७ जना आईसीयूमा र एक जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा १०० जना आईसीयूमा र १० जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ११ जनाको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

थप  २५ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप  २५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४७९ पुगेको छ ।

कुन जिल्लामा कति स‌क्रमित थपिए ?

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाममा २१, उदयपुरमा ३, ओखलढुंगामा २, खोटाङमा २, झापामा ४१, ताप्लेजुङमा ३, पाँचथरमा २, मोरङमा ७३, संखुवासभामा ७, सोलुखुम्बुमा ७ र सुनसरीमा २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी प्रदेश २ को धुनषामा २, पर्सामा ११, बारामा ९, महोत्तरीमा २, रौतहटमा ४, सप्तरीमा ७, सर्लाहीमा २ र सिरहामा ३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ४ सय २२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २१, चितवनमा २६, दोलखामा ७, धादिङमा ३, नुवाकोटमा २, भक्तपुरमा ६५, मकवानपुरमा १०, रामेछापमा १, ललितपुरमा ६१, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ८३, गोरखामा २६, तनहुँमा १६, नवलपरासी पूर्वमा २१, पर्वतमा ३, म्याग्दीमा १, लमजुङमा ४ र स्याङजामा १० जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा १५, दाङमा ४, नलवपरासीमा २, पाल्पामा १२, प्यूठानमा ३, बर्दियामा ७, बाँकेमा १७ र रुपन्देहीमा ३५ जना कोरोना स‌क्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित भेटिएका छैनन्। सुदूरपश्चिम प्रदेशको अछाममा ५, कञ्चनपुरमा १५, कैलालीमा ९८, डडेल्धुरामा ५, डोटीमा १, दार्चुलामा २, बझाङमा ७ र बतैडीमा १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तो छ स्वास्थ्य मन्त्रालयको विस्तृत विवरण

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ५ : ०५ बजे

न्यायपालिका सुधार अदालतको मात्र विषय होइन : प्रधानन्यायाधीश

काठमाडौं– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको सुधार न्यायालयको मात्र विषय नभएर

पार्टी विभाजनविरुद्ध अदालत जाँदै जसपा नेपाल

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै