मुलुकभर बढ्यो चिसो, जुम्लाको तापक्रम माइनस दुई डिग्री | Khabarhub Khabarhub

मुलुकभर बढ्यो चिसो, जुम्लाको तापक्रम माइनस दुई डिग्री


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तापक्रम घट्दै जाँदा मुलुकभर चिसो बढेको छ ।

तराईका कतिपय स्थानमा हुस्सु लागेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा सामान्य हिमपात भएको छ ।

काठमाडौँ उपत्यकाको आज बिहानको तापक्रम ४.८ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि शनिबार यो वर्षकै सबैभन्दा कम तापक्रम ४.५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

आज दिउँसो काठमाडौंको तापक्रम बढेर २२ डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जुम्लाको तापक्रम माइनस दुई दशमलव पाँच डिग्री सेल्सियसमा झरेको छ ।

तापक्रम घट्दै गएपनि पानी पर्ने सम्भावना कम रहेको महाशाखाले जनाएको छ । आज, भोलि सोमबार र मंगलबारसम्म मौसम सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ९ : १० बजे

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

केन्यामा बाढीका कारण दुई सयभन्दा धेरैको मृत्यु

नैरोबी –तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी

खबरहब ब्रिफिङ : उपचुनाव, लगानी सम्मेलन, प्रदूषण, अवहेलना, इन्टरनेट…

काठमाडौं – यो साता (बैशाख १५–२१) नेपालमा महत्वपूर्ण घटनाक्रम विकसित

आगलागीका कारण बझाङमा वायु प्रदूषण उच्च

बझाङ । बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि