ला लिगामा रियल पराजित | Khabarhub Khabarhub

ला लिगामा रियल पराजित


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ला लिगाको साविक विजेता रियल मड्रिड अल्भाससँग पराजित भएको छ ।

शनिबार राति भएको खेलमा रियल अल्भाससँग २–१ गोल अन्तरले पराजित भएको हो । योसँगै रियलले जारी सिजनमा तेस्रो हार बेहोरेको छ ।

रियलविरुद्ध अल्भासका लागि खेलको ५औँ मिनेटमा लुकास परेजले गोल गर्दै टीमलाई अग्रता दिलाए ।

दोस्रो हाफमा जोसेलुले गर्दै अल्भासलाई २–० गोलको अग्रता दिलाए ।

रियलका लागि भने कासिमेरोले ८६औँ मिनेटमा एक गोल गरे । त्यसपछि दुबै टोलीले गोल गर्न सकेनन् ।

हारसँगै रियल १७ अंकसहित पाँचौं स्थानमा छ । अल्भास भने १३ अंकसहित नवौं स्थानमा छ ।

रियलले यो सिजनमा अहिलेसम्म खेलेका १० खेलमा जम्मा पाँच खेल मात्र जितेको छ । २ खेल बराबरी खेल्दा ३ खेलमा हार बेहोरेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ८ : ३५ बजे

अग्निीपीडितलाई नगरपालिकाको सहयोग

सिरहा– सिरहाको लहान नगरपालिका–१७ का आगलागीपीडित रामदेव राम र रामेश्वर

के मुख खोलेर सुत्नु खतरनाक हुन्छ ?

काठमाडाैं- हामी धेरैलाई आफ्नो मुख खोलेर सुत्नु ठूलो कुरा हाे जस्तो

कुवेत लगेर मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी त्यहाँ पुर्‍याएर मानव

मंगोलियाको जंगलमा आगलागी बढ्यो

काठमाडौं– मंगोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा

झलनाथ खनाललाई प्रश्न : एकीकृत समाजवादी पनि फुट्न लागेको हो ?

काठमाडौं– सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनालले