प्रदेश २ मा २८ कोरोना संक्रमित थपिए, ८१ संक्रमणमुक्त | Khabarhub Khabarhub

प्रदेश २ मा २८ कोरोना संक्रमित थपिए, ८१ संक्रमणमुक्त


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश २ का विभिन्‍न जिल्लामा बिहीबार २८ जना कोरोना संक्रमित थपिएका छन् भने ८१ जना कोरोनामुक्त भएका छन् ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार बिहीबार धनुषामा तीन जना, महोत्तरीमा एक जना, सिरहामा एक जना, सर्लाहीमा एक जना, रौतहटमा १० जना, सप्तरीमा ११ जना र सिन्धुलीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, ८२ जना कोरोनामुक्त भएका छन् । प्रदेशका विभिन्न जिल्लास्थित अस्पतालमा उपचार गराइरहेका तथा घरमै होमआइसोलेशन बसेका ६९ पुरुष र १२ जना महिला बिहीबार कोरोनामुक्त भएका हुन् ।

प्रदेशमा कुल संक्रमितको संख्या १५ हजार पाँच सय तीन पुगेको छ । तीमध्ये एक सय ६७ जनाको मृत्यु भएको छ भने १३ हजार छ सय ९८ जना कोरोनामुक्त भएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  १० : ०१ बजे

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका

संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरले नेपाली संसद् प्रेसमैत्री कानुन निर्माण गर्न,

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई