बाँकेमा कोरोना संक्रमित ६५ वर्षीय पुरुषको मृत्यु « Khabarhub

बाँकेमा कोरोना संक्रमित ६५ वर्षीय पुरुषको मृत्यु


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ।

कात्तिक ९ गते उपचारका लागि कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएका दाङका ६५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो। कार्तिक १० गते उनलाई कोरोना पुष्टि भएको थियो।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनको बिहीबार दिउँसो ३ः५० बजे मृत्यु भएको हो।

हालसम्म जिल्ला बाहिरबाट उपचारका लागि आएका १७ जनाको कोरोनाबाट मृत्यु भएको श्रेष्ठले जानकारी दिए। उनका अनुसार कोरोनाबाट बाँकेका ३० जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ६ : ०१ बजे

हावाहुरी र चट्याङबाट मुलुकका विभिन्न जिल्लामा पाँच जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टामा हावाहुरी सहितको वर्षा र चट्याङबाट मुलुकका विभिन्न

मारिउपोलमाथि विजय हासिल गरेको रूसको दाबी

काठमाडौं- युक्रेनको बन्दरगाह सहर मारिउपोलमाथि रूसले विजय हासिल गरेको दाबी

दक्षिणी रसुवाका दर्जनौँ घरमा चोरी, प्रहरीद्वारा अनुसन्धान सुरु

काठमाडौँ- चोरीको घटना अत्यन्तै न्यून हुने रसुवा जिल्लामा गए राति

अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा आम निर्वाचनमा पराजय स्वीकार

काठमाडौं- अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो कन्जरभेटिभ दलको सरकारका लागि

कर्णालीका स्थानीय तहमा महिलाको सहभागिता न्यून

सुर्खेत- भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा कर्णाली प्रदेशका १० जिल्लाका स्थानीय