बाँकेमा कोरोना संक्रमित ६५ वर्षीय पुरुषको मृत्यु | Khabarhub Khabarhub

बाँकेमा कोरोना संक्रमित ६५ वर्षीय पुरुषको मृत्यु


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ।

कात्तिक ९ गते उपचारका लागि कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएका दाङका ६५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो। कार्तिक १० गते उनलाई कोरोना पुष्टि भएको थियो।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनको बिहीबार दिउँसो ३ः५० बजे मृत्यु भएको हो।

हालसम्म जिल्ला बाहिरबाट उपचारका लागि आएका १७ जनाको कोरोनाबाट मृत्यु भएको श्रेष्ठले जानकारी दिए। उनका अनुसार कोरोनाबाट बाँकेका ३० जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ६ : ०१ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या