सांसद बस्नेत परिवारका आठजना कोरोना मुक्त | Khabarhub Khabarhub

सांसद बस्नेत परिवारका आठजना कोरोना मुक्त


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– विजयादशमीका दिन सबैले आ–आफ्नो परिवारमा निधारमा टीका र शिरमा जमरा लगाउँदै आर्शिवाद लिनमा व्यस्त थिए । तर सङ्घीय सांसद एंव पूर्वमन्त्री महेश बस्नेतको घरमा कुनै चहलपहल थिएन ।

६ महिना अगाडि मात्रै मुटुको ओपन हार्ट सर्जरी गरेपछि घरमा आराम गरिरहेकी सांसद बस्नेतकी ६६ वर्षीया आमासहित परिवारका आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि घर मै आइसोलेसनमा बसेको परिवारमा १५ दिनपछि हिजो मात्र कोरोनाको नेगेटिभ रिपोर्ट आएपछि बल्ल दशैँको रौनक आएको छ ।

मुटुको शल्यक्रिया गरेको आमालाई कोरोना भएपछि निकै चिन्ता लागेको र १५ दिन मै उनले कोरोनालाई परास्त गरेर दशैँको टीकासंगै आर्शिवाद थाप्न पाउँदा खुसी लागेको बताउदै सांसद बस्नेतले भने, “कोरोनालाई परास्त गर्नुभएको आमाको हातको टीका लगाउँदा उहाँले हामीलाई मात्रै हैन, सिङ्गो देशवासीमा कोरोनालाई परास्त गर्ने शक्ति प्राप्त होस् र हाम्रो देश छिट्टै कोरोना मुक्त होस् भनेर आर्शिवाद दिनुभयो ।”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत रहेका बस्नेतको परिवारका आमा, बहिनी, ज्वाई, भान्जा, भान्जी, सवारी चालकसमेत आठ जनामा कोरोना पोजेटिभ देखिएकोमा १५ दिनको होम आईसोलेसनको बसाईबाटै उनीहरु सबैको कोरोना रिपोर्ट हिजो नेगेटिभ आएको थियो ।

आमालाई सुरुमा ज्वरो आउने, रुघा लाग्ने, जिउ दुख्ने र खानाको स्वाद हराउने लक्षण देखिएपछि गरेको परीक्षणमा कोरोना सङ्क्रमण देखिएपछि कन्ट्क ट्रेसिङमा परेका सांसद बस्नेत, उनका बुबालगायत परिवारका अन्य सदस्यको भने कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

यसवर्ष परिवार बाहेक टीका थाप्न आउने अन्यलाई नआइदिन आग्रह गरेको बताउदै उनले कोरोना कहरबीच यस वर्षको दशैँ तिहार परिवार मै सिमित भएर औपचारिकतामा मात्रै मनाउन आग्रह गरे ।

कोरोनालाई परास्त गर्ने अचुक उपाय आत्मावल नै रहेको आमाबाट पाएको बताउदै उनले कोरोना विरुद्धको भ्याक्सिन सहज रुपमा नआएसम्म हरेक दिन तातोपानी, जिरा, बेसार, अदुवा, तुलसीको पात, गुर्जो जस्ता सामग्री पकाएर पानी पिउन सुझाब समेत दिए ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  १२ : ३० बजे

ज्ञानुकाको गुनासो- ‘डढेलोले सालको पात बेच्ने र दुना टपरी बनाउनेको रोजीरोटी खोसियो’ 

मन्थली– दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबालिकाको लागि खर्च

महेश बस्नेतविरुद्धको जाहेरी तामेलीमा राखेपछि उच्च अदालतले माग्यो जवाफ

काठमाडौं- पूर्व उद्योगमन्त्री एवम् नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध

कोरला नाकामा विद्युत् सेवा विस्तार

म्याग्दी– मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना कोरला नाकामा विद्युत्

कांग्रेसको अडानबीच प्रधानमन्त्री, एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच वार्ता

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा

महानगरको सीप मेलामा दश हजार बढीले दिए आवेदन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि सुरु गरेको ‘सीप