कुवेतमा हत्या भएको नेपाली महिलाको परिचय खुल्यो | Khabarhub Khabarhub

कुवेतमा हत्या भएको नेपाली महिलाको परिचय खुल्यो


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : कुवेतमा एक भारतीयले हत्या गरेको नेपाली महिलाको पहिचान भएको छ । हत्या गरिएकी नेपाली महिला लमजुङ स्थायी घर भएकी जमुना बिक रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार मृतकको विवरण हेर्दा उनी गैरकानुनी बाटो हुदैँ भारतबाट कुवेत आएको पाइएको छ । उनको नेपालमा आफन्तसंग सम्पर्क भैसकेको जनाउदै कानुनी प्रक्रिया पुरा गरेर शव स्वदेश पठाइने दूतावासले जनाएको छ ।

कुवेतको एक अपार्टमेन्टमा बस्दै आएकी उनको गत अक्टोबर २१ तारिखमा हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

उनको हत्या आरोपमा पक्राउ गरिएका भारतीय नागरिकले आरोप स्वीकार गरिसकेका छन् । पक्राउ परेका ती व्यक्तिले आफ्नी प्रेमिका अर्कै व्यक्तिसँग लागेको थाहा पाएपछि हत्या गरेको प्रहरी समक्ष बयान दिएका थिए।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ११ : ४३ बजे

‘आगलागी न्यूनिकरणमा सरकार यति असंवेदनशील किन ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा– मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण भएका