आज विश्व मुटु दिवस, जनसंख्याको २५ प्रतिशत मानिसमा मुटुको समस्या | Khabarhub Khabarhub

आज विश्व मुटु दिवस, जनसंख्याको २५ प्रतिशत मानिसमा मुटुको समस्या


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज विश्व मुटु दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

सन २००० देखि सेप्टेम्बरको अन्तिम आईतवारलाई विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि गतवर्षदेखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउन लागिएको हो । नेपालमा पनि मुटुरोगका बिरामी अत्याधिक बढदै गएका कारण बिभिन्न चेतनामुलक कार्यक्रम गरी मुटुदिवस मनाइने गरिन्छ ।

नेपाल ह्दयरोग निवारण प्रतिष्ठानले नेपालको कुल जनसंख्याको २५ प्रतिशत अर्थात् करिब ७५ लाख जनता मुटु रोगी भएको अनुमान गरिएको छ । नेपालमा करिब ३० प्रतिशत वयस्क जनतालाई उच्च रक्तचाप छ ।

२० प्रतिशतलाई कोलेस्टेरोल छ । १० प्रतिशतलाई मधुमेह छ । धुमपान तथा मध्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, भुटेका, तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारीरिक व्यायम गर्ने हो भने मुटु रोगबाट बच्ने सकिने चिकित्सकको भनाइ छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  १ : १८ बजे

कोशीमा बजेट अधिवेशन आह्वानका लागि दोस्रो पटक सिफारिस

विराटनगर- आगामी जेठ ११ गते कोशी प्रदेशको बजेट अधिवेशन आह्वान

सम्भावित रणनीति तय गर्न देउवाले पार्टी पदाधिकारीलाई बूढानीलकण्ठ बोलाए

जनता समाजवादी पार्टी विभाजनपछिको राजनीतिक अवस्था र शुक्रबारदेखि सुरु हुने

धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्ध

काठमाडौं– भारतको एयर इन्डिया एक्सप्रेसका धेरै कर्मचारीले एकै पटक बिदा

मातातीर्थ औँसी देशभर मनाइयो (तस्बिरहरु)

काठमाडौं– मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति

कोशीमा नयाँ सरकार गठनका लागि एमाले र माओवादीले बढाए दबाब

विराटनगर – काेशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गर्न