प्रिमियर लिगमा १० जनालाई कोरोना संक्रमण | Khabarhub Khabarhub

प्रिमियर लिगमा १० जनालाई कोरोना संक्रमण


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रिमियर लिगका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रिमियर लिगमा पछिल्लो साता गरिएको परिक्षणमा १० जनालाई कोरोना संक्रमण देखिएको प्रिमियर लिगले जनाएको छ ।

नयाँ सिजन सुरु भएपछि प्रिमियर लिगमा पहिलो पटक धेरै संख्यामा संक्रमित देखिएका हुन् ।

पछिल्लो चरणमा २१ सेप्टेम्बर देखि २७ सेप्टेम्बरसम्म कूल १ हजार ५९५ जना क्लबका खेलाडी र स्टाफमा कोरोना परीक्षण गरिएको थियो । त्यसमा १० जनामा कोरोना पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएकाहरुको परिचय भने खुलाइएको छैन । उनीहरु सबै अब १० दिनका लागि आइसोलेसनमा बस्नेछन् ।

प्रिमियर लिगले साप्ताहिक रुपमा २० वटै क्लबको खेलाडी र स्टाफको परीक्षण गर्दै आएको छ ।

गत हप्ता वेस्टहमका प्रशिक्षक डेभिड मोयससहित दुई खेलाडीमा कोरोनाको संक्रमण देखिएको थियो । त्यसलगत्तै तीनजना आइसोलेसनमा बसेका थिए ।

सन् २०२०/२१ को सिजन सेप्टेम्बर १२ बाट सुरु भएको छ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ९ : ४५ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ