यस वर्षको पद्मश्री पुरस्कार रद्द | Khabarhub Khabarhub

यस वर्षको पद्मश्री पुरस्कार रद्द


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको पद्यश्री साहित्य पुरस्कार र पद्यश्री साधना सम्मान रद्द गरिएको छ । पुरस्कार पाउने व्यक्ति विवादमा परेपछि पुरस्कार नै रद्द गरिएको हो ।

सोमवार खेमलाल–हरिकला प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै यस वर्ष दुवै पुरस्कार रद्द गरिएको जनाएको हो ।

यसअघि प्रतिष्ठानले पद्यमी श्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंश’ लाई र पद्यश्री साहित्य सम्मान मोदनाथ प्रश्रितलाई दिने घोषणा गरेको थियो ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानले दुवै सर्जकले पुरस्कार अस्वीकार गर्ने घोषणा गरेकाले पुरस्कार रद्द गर्ने निर्णय गरेको बताएका छन् ।

यसअघि लेखक सञ्जीव उप्रेतीले यौन उत्पीडनको आरोप लागेका मोदनाथ पश्रितसँग एउटै मञ्चमा उभिएर पुरस्कार लिन नसकिने बताएका थिए ।

त्यसपछि मोदनाथ प्रश्रितले पनि व्यक्ति तथा केही समूहले आफ्नो चरित्र हत्या गरेकाले पुरस्कार नलिने बताएका थिए ।

मोदनाथ प्रश्रितलाई भ्रष्टाचारविरोधी अभियन्ता शारदा भुसालले यौन हिंसाको आरोप लगाएकी थिइन् । उनले वि.सं. २०७२ मा प्रकाशित आत्मकथा ‘धरातल’ मा भुसालले आफू १३ वर्षको हुँदा प्रश्रितले यौन हिंसा गरेको आरोप लगाएकी थिइन् ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ८ : ०३ बजे

राष्ट्रपतिकहाँ काठमाडौं उपत्यकाका जनप्रतिनिधि, सुनिता जाँदा गएनन् बालेन्द्र

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र

आजका समाचार : अशोक राईको पार्टी दर्तादेखि एकीकृत समाजवादीले सरकार नछाड्नेसम्म

सभामुखबाट मुख्य दलका शीर्ष नेताहरुको बैठक आह्वान सभामुखले देवराज घिमिरेले

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा