बर्दियामा कोरोना संक्रमितको संख्या ६६९ पुग्यो | Khabarhub Khabarhub

बर्दियामा कोरोना संक्रमितको संख्या ६६९ पुग्यो


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- बर्दियामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गुलरिया नगरपालिकामा १७ जना, बाँसगढी नगरपालिकामा ५ जना र राजापुर नगरपालिकामा १ जना गरी सोमबार २३ जनामा पुष्टि भएको हो ।

बर्दियामा अहिलेसम्म ११ हजार ४ सय ९४ जनाको पीसीआर गरिएको छ । बर्दियामा २३ जना थपिएसंगै बर्दियामा कोरोना संक्रमणको संख्या ६६९ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार जम्मा संक्रमित मध्ये ४ सय ७८ जना निको भएर घर फर्किसकेका छन् ।

१ सय ५४ जनाको आइसोलेशनमा उपचार भइरहेको छ भने बर्दियामा हालसम्म ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बर्दिया जिल्लामा दिनप्रति दिन कोरोना संक्रमितको संख्या बढ्दै गएकोले असोज १३ गतेदेखि लागु हुने गरी पसल १० बजे देखि ५ बजे सम्म संचालन गर्न पाउने र निजी तथा सार्वजनिक सवारी साधन अंकको आधारमा जोरबिजोर संचालन गर्न जिल्ला संकट व्यवस्थापन समिति बर्दियाले निर्णय गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  १० : ४६ बजे

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।