आगामी महाधिवेशनमा सभापति पदमा उम्मेद्वारी दिने कांग्रेस महामन्त्री कोइरालाको उद्घोष | Khabarhub Khabarhub

आगामी महाधिवेशनमा सभापति पदमा उम्मेद्वारी दिने कांग्रेस महामन्त्री कोइरालाको उद्घोष


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । कांग्रेस महामन्त्री डाक्टर शशांक कोइरालाले आगामी महाविधेशनमा सभापतिको उम्मेदवार हुने बताएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको पार्टी कार्यालय सानेपामा भएको भेलापछि सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘जसले सबैलाई एकैठाउँमा ल्याउनसक्छ । त्यसैले सभापति जित्ने हो ।’

सबैलाई मिलाएर अघि बढ्ने हैसियत आफुले राख्ने भन्दै उनले भने,‘मैले सबैलाई मिलाएर लैजानसक्छु । त्यसैले स्वभाविक रुपमा म पनि सभापतिको दाबी रहन्छ र मैले चुनाव पनि जित्छु ।’ कांग्रेसमा देउवा इतरका सबै नेताहरुलाई मिलाएर आफु सभापतिमा उठ्ने महामन्त्री कोइरालाले बताए ।

उनले महाविधेशन आउन ९ महिना मात्रै बाँकी रहेका बेला सभापति शेरबहादुर देउवाले महाविधेशन प्रभावित पार्नेगरी विभागहरुमा मनोनयन गरेकाले आजको भेला बोलाएको समेत बताए ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ७ : ४६ बजे

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतको असन्तुष्टि

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।