राखेपको उपाध्यक्षमा कोइराला र सदस्यसचिवमा सिलवालले लिए सपथ | Khabarhub Khabarhub

राखेपको उपाध्यक्षमा कोइराला र सदस्यसचिवमा सिलवालले लिए सपथ


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद(राखेप) का उपाध्यक्ष शिव कोइराला र सदस्यसचिव रमेशकुमार सिलवालले पद तथा गोपनियताको शपथ लिएका छन्।

बुधबार युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा ओहदाको प्रमाणपत्र लिँदै उपाध्यक्ष कोइराला र सदस्यसचिव सिलवालले मन्त्री जगत बहादुर विश्वकर्माबाट शपथ लिएका हुन्।

गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार उपाध्यक्ष र सदस्यसचिव चयन गरेको हो। २०७६ साल असार २३ गते पहिलोपटक राखेप सदस्य सचिव सिलवाल नयाँ ऐन कार्यनयनमा भएको व्यवस्था अनुसार पदमुक्त भएका थिए।

नयाँ ऐनले २०४८ सालको खेलकुद ऐन अनुसार राखेपमा रहेका पदाधिकारी पदमुक्त हुने उल्लेख छ। जस अनुसार असार १७ गतेदेखि ऐन कार्यनयन भएपछि राखेप कार्यकारी सदस्य सचिव विहीन भएको थियो।

यसबीचमा राखेपको कार्यवाहक सदस्य सचिवका रुपमा मन्त्रालयका सह सचिव भक्तबहादुर ढकालले काम गरेका थिए।

मन्त्रालयले कार्यविधि बनाइ मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा सदस्य सचिव सिफारिस समिति गठन गरेको थियो।

सिफारिस समितिले सिलवालसँगै लिल बहादु, थापा मगर र अन्जु श्रेष्ठलाई सिफारिस गरेको थियो। सदस्य सचिव सिलवालले आजबाटै राखेपबाट काम सुरु गर्नेछन्।

उपाध्यक्ष र सदस्य सचिवलाई नियुक्ति पत्र मन्त्रालयका सचिव थपलियाले प्रदान गरेका हुन्।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ३ : ४४ बजे

आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपु– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज