रियाले दिएकी थिइन् धम्की, सुशान्तका पिताले लगाए यस्तो आरोप | Khabarhub Khabarhub

रियाले दिएकी थिइन् धम्की, सुशान्तका पिताले लगाए यस्तो आरोप


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सुशान्त सिंह राजपूतका पिताले रिया चक्रवर्ती र उनको परिवारका विरुद्ध उजुरी दिएका छन् । साथै उनले रियामाथि गम्भीर आरोप लगाएका छन् ।

सुशान्तका पिताले आफ्नो स्टेटमेन्टमा भनेका छन्, ‘मेरो छोरा सुशान्तले फिल्म क्षेत्र छोडेर केरलामा अर्गानिक खेती गर्न चाहन्थे, उसको साथ महेश पनि जानका लागि तयार थिए, तर रियाले यो कुराको विरोध गरेकी थिइन् ।’

सुशान्तका पिताले रियाले सुशान्तलाई आफ्नो कुरा नमाने मेडिकल रिपोर्ट दिने र सुशान्त पागल भएको बताउने धम्की दिएको पनि आरोप लगाएका छन् ।

उजुरीमा सुशान्तका पिताले सुशान्तले आफ्नो कुरा नमानेको र बैंक ब्यालेन्स पनि कम भइरहेका बेला सुशान्तलाई छोडेको बताएका छन् ।

‘रिया सुशान्तका साथ रहेकी थिइन्, उनी ८ जुनमा सुशान्तको घरबाट सारा सामान, ल्यापटप, क्रेडिट कार्ड र उनका पिन नम्बर र औषधिका सारा सामान लिएर गएकी थिइन्,’ उनले उजुरीमा भनेका छन् ।

रियाले आफ्नो फोन सुशान्तको फोनमा ब्लक गरिदिएको पनि उनले आरोप लगाएका छन् ।

‘रियाले मलाई कहीँ फसाउँछे, ऊ यहाँबाट धेरै सामान लगेर गएकी छ भन्दै मलाई छोराले फोन गरेको थियो,’ उनले भनेका छन ।

रिया गएपछि सुशान्त निकै तनावमा रहेको पनि सुशान्तका पिताले बताएका छन् । उनले रियाका कारण आफ्ना छोराले आत्महत्या गरेको आरोप पनि लगाएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  १२ : १४ बजे

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित : प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धनगढी– कैलालीको  गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता