ट्रम्पका जेठो छोरामाथि ट्वीटरको प्रतिबन्ध | Khabarhub Khabarhub

ट्रम्पका जेठो छोरामाथि ट्वीटरको प्रतिबन्ध


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठो छोरामाथि ट्वीटरले १२ घण्टे प्रतिबन्ध लगाएको छ ।

ट्रम्पका जेठो छोरा डोनल्ड ट्रम्प जुनियरले हाइड्रोक्सिक्लोरोक्विनको फाइदाबारे जानकारी दिँदै ट्वीटरमा एउटा भिडियो पोस्ट गरेपछि उनीमाथि १२ घण्टासम्म कुनै ट्वीट गर्न नमिल्ने गरी प्रतिबन्ध लगाइएको हो ।

ट्वीटरका अनुसार ट्रम्प जुनियरले पोष्ट गरेको उक्त भिडियोले कोभिड–१९ बारे गलत सूचना सम्प्रेषण गर्छ । यो ट्वीटरको नियमको उल्लंघन हो ।

ट्वीटरले बीबीसीसँगको कुराकानीमा आफूले ती व्यक्तिहरुलाई आफ्नो नीति अनुसार कारवाही गरेको जानकारी दिएको छ । यद्यपि, प्रतिबन्धकै बीच पनि ट्रम्प जुनियरले आफ्नो अकाउन्टलाई ब्राउज गर्न सक्नेछन् र प्रत्यक्ष मेसेज पठाउन भने सक्नेछन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित केही व्यक्तिले मलेरियाको यो औषधिलाई कोरोनाभाइरसमा फाइदाजनक बताएका छन् । यद्यपि, अनुसन्धानमा भने यसबारे कुनै पुष्टि भएको छैन ।

 

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ६ : १७ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष