किसानलाई असार १५ को चटारो (फोटो फिचर) | Khabarhub Khabarhub

किसानलाई असार १५ को चटारो (फोटो फिचर)


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मानो रोपेर मुरी फलाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ जात्रा आदि नामले मनाइँदै छ ।

कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा ब्यस्त हुन्छन् ।

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं २ स्थित सोरौलीमा खेतमा रोपाइँसँगै रमाइलो ।

वि.सं. २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो ।

२०६१ साल मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो ।

नेपालमा कूल खेतीयोग्य जमिनमध्ये ४७ प्रतिशत जमिनमा रोपाइँ हुन्छ । जसमध्ये तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा माथि छ ।

असार १० सम्म आइपुग्दा नेपालको उच्च पहाडमा २६, मध्यपहाड र तराईमा २० प्रतिशत जमिनमा रोपाइँ भएसकेको छ । नेपालमा कूल खेतीयोग्य जमिन झण्डै ३१ लाख हेक्टर छ ।

डोटीको जोरायलस्थित सिलिङबागमा धान रोप्दै ।

नेपालमा पुगनपुग १५ लाख हेक्टर जमिनमा धान रोपाइँ गर्न सकिन्छ । तर, अझै पनि ६३ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । नेपालको धानखेती आकाशे सिँचाइमा निर्भर छ । वर्षा राम्रो नभएको वर्ष नेपालमा धानको उत्पादन घट्ने र वर्षा राम्रो भएको वर्ष धानको उत्पादन बढ्ने गरेको तथ्याङ्क छ ।

धानबाली विशेषज्ञ भोलामानसिंह बस्नेतले नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व रहेको जानकारी दिए । उनले भात खाने आदतमा परिवर्तन नगर्ने हो भने चामलको आयात रोक्न धानको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नुको विकल्प नरहेको जानकारी दिए ।

तनहुँको व्यास नगरपालिका–५ स्थित साँगेफाँटको रोपाइँ ।
तनहुँको व्यास नगरपालिका–५ साँगेका महिला रोपाइँ गर्न व्याडबाट धानको बीउ निकाल्दै ।
तनहुँको व्यास नगरपालिका–५ साँगेका महिला रोपाइँ गर्न व्याडबाट धानको बीउ निकाल्दै ।
रोपाइँ सकिएपछि हरियै देखिएको गलकोट नगरपालिकास्थित मजुवा फाँट । मजुवा बागलुङमै धेरै धान फल्ने फाँट हो ।
रोपाइँ सकिएपछि हरियै देखिएको गलकोट नगरपालिकास्थित मजुवा फाँट ।
बागलुङको ताराखोला गाउँपालिका–४ को रोपाइँ ।
भक्तपुरको नलिनचोक नजिकैको खेतमा रोपाइँ ।
भक्तपुरको नलिनचोक नजिकैको खेतमा रोपाइँ ।
कपिलवस्तुको शिवराज नगरपालिका– ३ खरेन्द्रपुरमा धानको विउ काटदै ।
धनगढी उपमहानगरपालिका– १३ स्थित कैलाली गाउँमा धान रोप्दै ।
धनगढी उपमहानगरपालिका–१३ स्थित कैलाली गाउँको खेतमा धान रोप्दै ।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं २ स्थित सोरौलीमा खेतको रोपाइँ ।

तस्वीर : रासस

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ११ : १६ बजे

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि