जुवा खेलेको आरोपमा गधा पक्राउ ! | Khabarhub Khabarhub

जुवा खेलेको आरोपमा गधा पक्राउ !


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दशैं तिहारको बेला मौकामा मानिसहरु जुवा खेलेको देख्नु भएको होला ।

जुवा खेल्नु गैर कानुनी भएकाले कैयौं मानिस जुवाखालबाट समातिन्छन् । यस्तामा केहि भिआईपी वा बालबालिकासमेत पक्राउ परेको देख्नु, सुन्नु भएको होला ।

तर गधाले जुवा खेलेको वा जुवा खेलेको आरोपमा पक्राउ परेको देख्नु वा सुन्नु भएको छ ?

पाकिस्तानमा यस्तै एक अनौठो घटना सार्वजनिक भएको छ । जहाँ जुवा खेलेको अपराधमामा एक गधा पक्राउ परेको छ । सामाजिक सञ्जालमा भाइरल भिडियोमा जुवा खेलेका आरोपमा एउटा गधा पनि गिरफ्तार भएको छ ।

पाकिस्तानी च्यानल सामना टेलिभिजनका अनुसार प्रहरीले जुवाखालमा छापा मार्दा जुवाखालाट गधा पनि पक्राउ गरेको छ ।

यसका साथै १ लाख २० हजार पाकिस्तानी मुद्रा समेत बरामद भएको थियो । प्रहरीका अनुसार गधाको विरुद्धमा समेत एफआईआर दर्ता भएको छ ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  १० : ०४ बजे

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव